हाम्रो बारेमा
परिचय
 
हिन्दुस्थान समाचार भारतको पहिलो एकमात्र भाषाई राष्ट्रिय न्यूज एजेन्सी हो। यसको स्थापना 10 अप्रेल, 1948 मा एउटा को-अपरेटिभ सोसाइटीको रूपमा भएको थियो। यसको राष्ट्रिय मुख्यालय दिल्ली हो। देशका विभिन्न राज्यहरूमा 22 ब्यूरो कार्यरत छन्। वर्तमानमा 600 स्थानमा हिन्दुस्थान समाचारका संवाद-सूत्रहरू छन्, जसले चौबीस घण्टा आफ्नो सेवा दिइरहेका छन्।
आफ्नो व्यापक नेटवर्कको साथ हिन्दुस्थान समाचार देशको सर्वाधिक ग्राहकहरू भएको न्यूज एजेन्सीहरूमा शीर्षमा रहेको छ। दैनिक समाचार पत्रहरूका साथै साप्ताहिक पत्रिका, न्यूज-पोर्टल, न्यूज च्यानल हाम्रा ग्राहकहरू छन्। स्क्यान सर्विसको माध्यमद्वारा सयौं संस्थालाई हामी आफ्नो न्यूज सर्विस प्रदान गरिरहेका छौ। हाम्रो कौशल विविध भारतीय भाषाहरूमा त्वरित गतिमा समाचार दिनु हो। हिन्दी र उर्दूका साथै बांग्ला, असमिया, ओडिया, मराठी, गुजराती, कन्नड़, तेलुगू, पञ्जाबी, नेपाली आदि भाषाहरूमा हाम्रो सर्विस प्रभावपूर्ण छ। देशको सर्वाधिक प्रसार संख्या भएको प्रतिष्ठित समाचार च्यानल ‘डीडी न्यूज’ र ‘आकाशवाणी’ लाई छ भाषामा हामी आफ्नो सेवा प्रदान गरिरहेका छौ। नेपाली भाषाका धेरै समाचार पत्र पनि हाम्रा ग्राहक छन्।
धेरै चुनौतीहरूको सामना गर्दै मिडिया जगतमा हामी अडिग छौ र अवश्य, आगामी दिनहरूमा पनि रहिरहने छौ। समाचार पूर्ण प्रामाणिकताको साथमा प्रस्तुत गर्नु हाम्रो धर्म हो। विगत 73 वर्षदेखि हामी अफ्नो पत्रकारिताको धर्मलाई पालन गर्दै आइरहेका छौ र अगाड़ी पनि गरिरहने छौ।
पत्रकारीय मूल्यहरूका साथै लोकतन्त्रलाई परिष्कृत गर्न पनि हामीले यथासम्भव आफ्नो भूमिका निभाएका छौ। आपातकालका दिनहरूमा लोकतन्त्रको रक्षा गर्न हिन्दुस्थान समाचारको जुन भूमिका रह्यो, त्यो हाम्रो स्वर्णिम इतिहास हो। निर्भीक र निष्पक्ष पत्रकारिताको कारण हिन्दुस्थान समाचार सत्ता प्रतिष्ठानको कोपभाजक बनिरह्यो। तर, हाम्रो लक्ष्य रहेको छ- ‘लोकतन्त्रको परिष्कार र पुरस्कार।’
हाम्रा अन्य सेवाहरु-
 
हिन्दुस्थान समाचारले लेख, फीचर, फोटो सर्विस पनि प्रदान गर्दछ। आधुनिक प्रौद्योगिकीलाई ध्यानमा राख्दै हामी न्यूज स्क्यानको सेवा पनि प्रदान गरिरहेका छौ। हिन्दुस्थान समाचारद्वारा वार्षिकी पनि प्रकाशन गरिन्छ। यो प्रत्येक वर्षका महत्वपूर्ण जानकारी समेट्दै इतिहास दृष्टि विकसित गर्नमा प्रतिष्ठित छ। ‘यथावत’ हिन्दुस्थान समाचार समूहको हिन्दी पाक्षिक पत्रिका हो। यो पत्रिकाले पाठकहरूबीच आफ्नो स्वतन्त्र अनि बलियो पहिचान बनाएको छ। यसका साथै ‘युगवार्ता’ (हिन्दी साप्ताहिक), ‘नवोत्थान’ (हिन्दी र बांग्ला मासिक) पनि प्रकाशन गरिन्छ। कोरोना महामारीलाई ध्यानमा राखेर अहिले ‘यथावत’ पत्रिका प्रकाशित भइरहेको छ।
भारतीय नयॉं वर्ष (चैत्र प्रतिपदा) को अवसरमा प्रत्येक वर्ष हिन्दुस्थान समाचारद्वारा दैनन्दिनीको प्रकाशन गरिन्छ, जसमा भारतीय तिथिका साथै अंग्रेजी दिनांक पनि हुन्छ। भारतीय काल-क्रममा आधारित यो दैनन्दिनी बहुपयोगी छ।
हाम्रो संस्थापक
 
पश्चिमी प्रभावबीच भारतीय विचार-दृष्टिको उर्वर भूमि तयार गर्न सामेल रहेका चिन्तक (स्व.) शिवराम शंकर आप्टेले हिन्दुस्थान समाचार न्यूज एजेन्सीको स्थापना गरेका थिए। देवनागरी लिपिमा ‘टेलीप्रिन्टर’ आविष्कार गर्ने श्रेय स्व. श्री शिवराम शंकर आप्टे (दादा साहब आप्टे) लाई नै रहेको छ भने भारतवासीहरूलाई भाव-भूमिसॅंग जोड़ने (स्व.) बालेश्वर अग्रवालको यशस्वी सम्पादन र प्रबन्धनमा हिन्दुस्थान समाचार देशको सबैभन्दा प्रामाणिक र प्रतिष्ठित न्यूज एजेन्सीको रूपमा स्थापित भयो।
एक समय यस्तो पनि आयो, जब हिन्दुस्थान समाचारले आफ्नो अस्तित्वको निम्ति संघर्ष गरिरहेको थियो। त्यस समय राष्ट्र कार्यको निम्ति समर्पित (स्व.) श्रीकांत जोशीले हिन्दुस्थान समाचारलाई नयॉं जीवन दिए। हिन्दुस्थान समाचार न्यूज एजेन्सीको मून्त्र हो- सत्य, संवाद, सेवा र सहकार। यही मार्गमा समाचार एजेन्सी अगाड़ी बढिरहेको छ।
 rajesh pande