
मीरजापुर, 23 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मीरजापुर जिल्लामा हलिया थाना क्षेत्रको अहुगी कला गाउँमा सोमवार राति पैसाको लेनदेनलाई लिएर भएको कुटपिटमा घाइते युवकको उपचार भइरहेको समय मृत्यु भयो। पुलिसले मृतककी पत्नीको शिकायतमा चार जना विरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
अहुगी कला गाउँ निवासी 30 वर्षीय नन्दलालको सोमवार राति गाउँकै केही मानिसहरूसित पैसाको लेनदेनलाई लिएर विवाद भएको थियो। कुरा बढ्दा आरोपीहरूले नन्दलाललाई डन्डाले कुटे, जसबाट उ गम्भीर रूपमा घाइते भयो। परिजनले तत्काल उलाई प्राथमिक स्वास्थ्य केन्द्र हलिया पुऱ्याए, जहाँ अवस्था गम्भीर हुँदा डाक्टरहरूले उलाई ट्रामा सेन्टर मीरजापुर र पछि बीएचयू वाराणसी रेफर गरे।
उपचारको निम्ति लगिएको समय बुधवार अबेर राति बाटोमै युवकको मृत्यु भयो। यस मामिलामा मृतककी पत्नी आरती देवीले हलिया थानामा शिकायत दिएर गाउँकै आशीष, सतीश, वन्दना र शिवकुमारीमाथि आरोप लगाएकी छन्। थानाध्यक्ष राजीव कुमार श्रीवास्तवले बताए, चारै आऱोपी विरूद्ध विभिन्न थाराहरूमा मामिला दर्ता गरी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी