मणिपुरः भारी मात्रामा मादक पदार्थ जफत, तस्कर पक्राउ
मणिपुरः भारी मात्रामा मादक पदार्थ जफत, तस्कर पक्राउ


इम्फाल, 24 अक्टूबर (हि.स.)। मणिपुर सुरक्षा बलहरूले तीन वटा जिल्लाहरूमा संचालित अभियानको क्रममा प्रचुर मात्रामा नशालु पदार्थ जफत गरेका छन् जसमा सबैभन्दा ठूलो जफती लगभग एक किलोग्राम डब्ल्यूवाई ट्याबलेटको रहेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी आधिकारिक बयानमा बताइएको छ, अधिकारीहरूले गए 23 अक्टोबरको दिन बिष्णुपुर जिल्लाको मोइरांग उपमण्डलको बोरयांगबी मायाई लिकाई निवासी 51 वर्षीय मोहम्मद मुहम्मद इबोईलाई तेंगनौपाल पुलिस स्टेशन बाहिरबाट पक्राउ गऱ्यो। अधिकारीहरूले डब्ल्यूवाई ट्याबलेटको ठूलो प्याकेटसितै पञ्जीकरण दस्तावेज, एउटा मोबाइ फोन र आधार कार्ड सहित दुई चक्केक वाहनलाई जफत गरेका छन्।

यो कारबाही क्षेत्रमा मादक पदार्थहरूको तस्करीविरूद्ध संचालित अभियान अन्तर्गत गरिएको हो। याबा नामक मनोविकार नाशक पदार्थ भएको डब्ल्यूवाई ट्याबलेटको व्यापक दुरुपयोग कानून प्रवर्तन एजेन्सीहरूको लागि चिन्ताको विषय बन्न पुगेको छ।

पुलिसले केही दिनअघि एक घटनामा इम्फालको पश्चिम जिल्लास्थित वांगोई उपमण्डलको पाओबिटेक मानिंग लिकाईबाट 54 वर्षीय मोहम्मद बोगीमायुम खोम्मेईलाई पक्राउ गरेको थियो। अधिकारीहरूले उसलाई सेनापति जिल्लाको माओ पुलिस थानाको अधिकार क्षेत्रमा राष्ट्रिय राजमार्ग-2 मा शहीद पार्क नजिकबाट पक्राउ गरेका हुन्। उक्त आरोपीबाट पुलिसले 119 ग्राम ब्राउन शुगरले भरिएका 9 वटा साबुनदानी र एउटा मोबाइल फोन, पहिचान पत्र अनि एउटा क्यारी ब्याग जफत गऱ्यो।

सुरक्षाकर्मीहरूले गत 21 अक्टोबरमा इम्फाल पूर्व जिल्लाको हिनगांग पुलिस थाना अन्तर्गत खोमिदोक माया लिकाईका 26 वर्षीय सागोमसुंगफाम सोहेललाई उसको घरबाट पक्राउ गरेका छन्। छापाारीमा टुसेरेक्स-टीआर कफ सिरपको 91 वटा बोतल, नशालु ट्याबलेट, 12,780 रुपियाँ औ मोबाइल फोन जफत गरियो।

पुलिसले आरोपीहरूविरूद्ध मादक पदार्थ अधिनियमको सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। साथै सम्भावित आपूर्ति नेटवर्कको बारेमा पत्तो लगाउने अनि तस्करी कार्यहरूमा सामेल अन्य व्यक्तिहरूलाई चिन्हित गर्नको लागि जाँच जारी छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande