नारायणगढ़ पारूलियामा अज्ञात व्यक्तिको शव फेला पऱ्यो, ट्रेनबाट झरेको आशंका
नारायणगढ़ पारूलियामा अज्ञात व्यक्तिको शव फेला पऱ्यो, ट्रेनबाट झरेको आशंका


पश्चिम मेदिनीपुर, 25 अक्टोबर (हि.स.)। नारायणगढ़ थाना अन्तर्गत पारुलिया क्षेत्रमा शनिवार बिहान लगभग 11 बजे रेलवे ट्र्याकमा स्थानीय मानिसहरूले एक अज्ञात व्यक्तिको शव देखे। यो खबर फैलिनसाथ वरपरका मानिसहरू घटनास्थलमा जुटे जसले गर्दा खैलाबैला मचियो।

स्थानीय मानिसहरू र रेलवे पुलिसको प्रारम्भिक अनुमानमा यो दुर्घटना ट्रेनबाट झरेर भएको हुनसक्छ। हाल शवको पहिचान हुन सकेको छैन। पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टमको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदियो।

रेलवे पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande