
मेदिनिपुर, 25 अक्टोबर (हि.स.)। दासपुर थाना पुलिसले गए शुक्रवार अबेर राती चांइपाट क्षेत्रमा अभियान संचालन गरी नशाको रूपमा प्रयोग गर्ने प्रतिबन्धित कफ सिरपको ठूलो खेपलाई जफत गऱ्यो। यस कारबाहीमा पुलिसले तीनजना तस्करहरूलाई पनि ठाउँबाटै पक्राउ गरेको छ।
पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार विगत लामो समयदेखिकै यस क्षेत्रमा अवैध मादक पदार्थहरूको तस्करी भइरहेको सूचना प्राप्त हुँदै आएको थियो। गुप्त सूचनाको आधारमा गए शुक्रवार राती दासपुर थाना प्रभारी अञ्जनी कुमार तिवारी, सेकेण्ड अफिसर तरूण कुमार हाजरा, एसडीपीओ दुर्लभ सरकार तथा बीडीओ प्रवीर कुमार शीतको नेतृत्वमा पुलिस टीमले चांइपाट क्षेत्रमा छापा माऱ्यो।
छापेमारी अवधि पुलिसले तीनजना आरोपीहरू क्रमैले सामाटको जयमाल्य पाल, कलोड़ाको सौगत माइती औ यदुपुरको प्रसेन्जीत जनालाई पक्राउ गऱ्यो। पुलिसले यिनीहरूबाट प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरप जफत गरेको छ। अधिकारीहरूले बताए, यो गिरोहले पछिल्लो लामो समयदेखिकै क्षेत्रमा अवैध कारबार चलाइरहेको थियो।
एसडीपीओ दुर्लभ सरकारले बताए, पक्रा पर्ने आरोपीहरूलाई शनिवार अदालतमा पेश गरियो। उनले यसप्रकारको मादक पदार्थको अवैध व्यापार विरूद्ध पुलिसको कड़ा अभियान जारी रहने चेताउनी पनि दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा