
गान्तोक, 25 अक्टूबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले परम पावन १२औँ गोस्री ग्याल्त्साब रिम्पोछेसॅंग भेट गरेर आशीर्वाद ग्रहण गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा साझा गरेका छन्।
मुख्यमन्त्रीले भने, 'म सिक्किमका जनताका तर्फबाट परम पावन १२औँ गोस्री ग्याल्त्साब रिम्पोछेको पवित्र आशिष प्राप्त गर्न पाउँदा गहिरो विनम्रता र सम्मान महसुस गरे।'
मुख्यमन्त्रीले यस अवसरमा रिम्पोछेको निरन्तर स्वस्थ र कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गरे। उनले रिम्पोछेको दिव्य आशिषले हामीलाई ज्ञान, सद्भाव र करुणाले भरिएको भविष्यतर्फ मार्गदर्शन गरुन् भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल