
गुवाहाटी, 25 अक्टोबर (हि.स.)। गुवाहाटीको हेंगराबाड़ीस्थित ‘सृष्टि वेलनेस’ नशामुक्ति केन्द्रकी स्वामिनी बर्णाली बैश्यलाई पुलिसले पक्राउ गऱ्यो। बर्णालीमाथि केन्द्रमा भर्ती एकजना युवतीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ।
पुलिस सूत्र अनुसार असम रिह्याब एसोसिएशनले दिसपुर थानामा एक प्राथमिकी दर्ता गराएको थियो जसमा बर्णाली वैश्य र नवजीत मेधीविरूद्ध आरोप लगाइएको छ, दुवैले मातेर महिला रोगीमाथि कुटपिट गरे।
सूत्रले बतायो, पीड़िताले राती फोन गरेर असम रिह्याब एसोसिएशनलाई घटनाको जानकारी दिएकी थिई। फोन कलको रेकर्डिंगमा सबै कुरा स्पष्ट रूपमा सुन्न सकिन्छ। एफआईआर दर्ता भएपछि दिसपुर पुलिसको टीम केन्द्रमा पुगेर जाँच शुरू गऱ्यो। साथै बर्णालीलाई पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा