भांगड़मा फेरि बमबाजी, आईएसएफ नेताको घरमा हमला गरेको आरोप तृणमूलमाथि
भांगड़मा फेरि बमबाजी, आईएसएफ नेताको घरमा हमला गरेको आरोप तृणमूलमाथि


दक्षिण 24 परगना, 26 अक्टोबर (हि. स.)। भांगड़मा फेरि एक पटक बमबाजीको घटना घटेको छ। गए शनिवार राति तृणमूल कंग्रेस समर्थित असामाजिक तत्वहरूले आईएसएफ नेताको घरा बम फालेको आरोप छ। तथापि तृणमूलले उक्त आरोपलाई अस्वीकार गर्दै भनेको छ, यो आईएसएफको आन्तरिक गटबाजीको परिणाम हो, तर सबै दोष झुटो रूपमा तृणमूलमाथि थोपिरहेको छ।

घटना भांगड़को शनपुकुर क्षेत्रस्थित चण्डीहाटमा भएको हो जहाँ आईएसएफ बूथ अध्यक्ष इछा मोल्लाको घरलाई लक्षित गरिएको थियो। स्थानीय सूत्रानुसार अबेर राती केही अज्ञात मानिसहरूले उनको घर बाहिर बम फाले जसले गर्दा सम्पूर्ण क्षेत्रमा भाग-दौड़ मचियो। घटनास्थलमा बमको सुतली डोरीको टुक्रा फेला परेको छ।

इछा मोल्लाले आरोप लगाए, म माछाको पोखरीको लीलामीमा सामेल भएको थिएँ जसमा अधिक बोली लगाएको कारणले मलाई डर देखाउनको लागि ममाथि यसरी हमला गरिएको हो। उनलेदाबी गरे, यो हमला केवल यसकारणले गरिएको हो किनभने उनी आईएसएफसित जोड़िएका छन्।

अर्कोतिर तृणमूल कंग्रेसले यस घटनामा आफ्नो कुनै पनि प्रकारको संलिप्ततालाई अस्वीकार गरेको छ। एकजना स्थानीय तृणमूल नेताले भने, हामी कुनै पनि प्रकारको बमबाजलाई समर्थन गर्दैनौं। योआईएसएफको आपस्तको विवादको परिणाम हो जसमा हामीलाई फसाइरहेको छ।

घटनाको जानकारी पाउनसाथ उत्तर काशीपुर थानाको पुलिस ठूलो संख्यामा पुलिस बललाई लिएर घटनास्थलमा पुग्यो। पुलिसले घटनास्थलाई घेराबन्दी गरेर जाँच शुरू गरेको छ। अहिलेघरि सम्पूर्ण क्षेत्र तनाउग्रस्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande