भिड़न्तमा लुटपाटको आरोपीलाई एसटीएफले समात्यो
भिड़न्तमा लुटपाटको आरोपीलाई एसटीएफले समात्यो


नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। दक्षिण-पूर्वी दिल्लीको बदरपुर क्षेत्रमा गए शनिवार राती स्पेशल टास्क फोर्स (एसटीएफ)- को टीम र एकजना चतुर लुटेराबीच भिड़न्त भयो। पुलिसको जवाफी कारबाहीमा आरोपीको खुट्टामा गोली लाग्यो जसपश्चात उसलाई समातियो। घाइते उपद्रवीलाई सफदरजंग अस्पतालमा भर्ती गरिएको छ।

दक्षिण-पूर्वी जिल्लाका पुलिस उपायुक्त डा. हेमन्त तिवारी अनुसार पक्रा पर्ने आरोपीको पहिचान सञ्जय क्याम्प, दक्षिणपुरी निवासी हिमांशु (23)-को रूपमा भएको छ। आरोपी एकजना सक्रिय लुटेरा हो भने पुल प्रह्लादपुर थानामा दर्ता लुटको एक मामिलामा भागेको थियो।

पुलिस उपायुक्तले बताए, गए शनिवार राती लगभग 9:20 बजे जिल्लाको एसटीएफ टीमलाई सूचना प्राप्त भयो, भगौड़ा लुटेरा हिमांशु बदरपुर फ्लाइओभर नजिकै अवस्थित पार्कमा कुनै ठूलो घटनालाई परिणाम दिनको लागि आइरहेको छ। सूचनाको आधारा इन्स्पेक्टर प्रमोद चौहानको टीमले घटनास्थललाई घेराबन्दी गरेर आरोपीलाई आत्मसमर्पण गर्न लगायो, तर हिमांशुले पुलिसमाथि गोली चलाउन शुरू गऱ्यो। पुलिसले पनि आत्मरक्षामा दुई राउण्ड गोली चलायो जसमा आरोपीको दाहिने खुट्टामा एउटा गोली लाग्यो। पुलिसले घटनास्थलबाट एउटा .32 बोरको पेस्तोल र दुई वटा जिउँदो कारतूस र चारवटा खाली कारतूस पनि जफत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande