कटिहारः तेजस्वी यादवले भाजपा र जदयूमाथि गरे हमला
कटिहारः तेजस्वी यादवले भाजपा र जदयूमाथि गरे हमला


कटिहार, 26 अक्टोबर (हि.स.)। बिहारका पूर्व उपमुख्यमन्त्री एवं राजद नेता तेजस्वी यादवले आइतवार कटिहार जिल्लाको प्राणपुर विधानसबा अन्तर्गत आजाम नगरमा आोजित एक चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा भजपा र जदयूलाई लक्षित गरे। उनले भने, नीतीश कुमार पलटी मारेर भाजपामा गएका हुन् र भाजपालाई बिहारमा स्थान दिने काम पनि उनले नै गरेका छन्।

तेजस्वी यादवले वक्फ बोर्ड संशोधन बिलको विरोध गर्दै भने, यो बिल मुसलमानहरूको विरोधमा छ र बिहारमा उनको सरकार बनियो भने यसलाई फोहोर दानीमा फालिदिनेछ। उनले भने, भाजपाले मुसलमानहरूलाई सताउनको लागि यस किसिमको बिल ल्याइरहेको छ।

तेजस्वी यादवले नीतीश सरकारमाथि चिटर-को आरोप लगाउँदै भने, उनले हाम्रो योजनाहरूको नक्कल गरिरहेका छन्। उनले भने, हामीले पेन्शन बढ़ाउने कुरा मात्र गरेका थियौं नितीश कुमारले हतार-हतार पेन्शनको राशिलाई बढ़ाएर 11 सय रुपियाँ बनाइदिए।।

तेजस्वी यादवले भने, मेरो उमेर कलिलो भए पनि वचन पक्का छ। जे भनें, त्यो गरेँ र जे भनिरहेका छौं त्यो पनि गर्नेछौं। तपाईहरूले नै निश्चित गर्नुहोस् परिवारमा सरकारी नोकरी चाहिन्छ कि मात्र 10 हजार रुपियाँ।

उनले भाजपालाई लक्षित गर्दै भने, उसले हुलदंगा मात्र गराउँछ अनि हिन्दू-मुस्लिममाझ झगड़ा गराउँछ। भाजपाले घृणाको राजनीति गर्छ। तर हामीलाई यस्तो सरकार बनाउनु छ जहाँ सबै जाति र धर्मका मानिसहरूले सम्मान पाउन्। वी आई पी प्रमुख मुकेश साहनी, प्राणपुरबाट राजद प्रत्याशी इशरत प्रवीण सहित मञ्चमा महागठबन्धनका केही नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande