चेतलाः फलामको रडले गलामा रोपेर युवकको हत्या
चेतलाः फलामको रडले गलामा रोपेर युवकको हत्या


कोलकाता, 26 अक्टोबर (हि. स.)। महानगर कोलकातामा बितेको शनिवार राति रक्सी पिउने क्रममा भएको विवादमा एक जना युवकको गलामा फलामको रड रोपेर हत्या गरियो। मृतकको पहिचान अशोक पासवानको रूपमा भएको छ।

सूत्र अनुसार चेतला 17ए/17बी बस स्ट्याण्ड नजिक गए शनिवार राति बस स्ट्याण्ड नजिकै स्थानीय मानिसहरूले रक्सी पार्टी गरिरहेका थिए। यसै अवधि कुनै कुरालाई लिएर अशोक पासवानको एक जना युवकसित झगड़ा भयो। झगड़ा बढ़्दै गएपछि आरोपीले फलामको रडले अशोको गलामा रोपिदियो। गम्भीर रूपमा घाइते भएको अशोक रगतपच्छे हुँदै लगभग सय मीटरसम्म भाग्यो, तर त्यहाँदेखि अगाड़ि बढ़्न सकेन र उ त्यहीँ ढल्यो। स्थानीय मानिसहरूले उसलाई अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको चेतला थाना पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। एकजना संदिग्ध युवकलाई हिरासतमा लिएर पुलिसले जाँचबुझ गरिरहेको छ।

भनिन्छ, मृतक अशोक पासवान पेशाले कार धुने काम गर्थ्यो। यस घटनाको कारण क्षेत्रमा सन्त्राष फैलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande