
लखनऊ, 26 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊमा बख्शीको तालाब (बीकेटी) थाना क्षेत्रमा शनिवार अबेर राति एक युवकको शव मामपुर बाना गाउँमा भेटियो। मृतकको शरीरमा दुई गोली दागिएको छ। घटनाको जानकारी भएपछि घटनास्थलमा पुगेको पुलिसले घटनास्थलको जाँच गरी शवलाई पोस्टमार्टमको निम्ति पठायो।
बीकेटी थाना प्रभारी संजय कुमार सिंहले आइतवार बताए, गए शनिवार मध्य रातमा मामपुर बाना किशन कट निकट एक युवक घाइते अवस्थामा लड़ेको पाइएको सूचना प्राप्त भयो। थाना पुलिस तत्काल घटनास्थलमा पुग्यो र युवकलाई उपचारको निम्ति पहिले सौ सैय्या अस्पताल फेरि केजीएमयू लगियो, जहाँ डाक्टरले उलाई मृत घोषित गरे।
थानेदारले बताए, मृतकको पहिचान मामपुर बाना गाउँ निवासी प्रदीप गौतम (27) को रूपमा गरिएको छ। घटनास्थलको फोरेन्सिक जाँच गरी साक्ष्य जुटाइएको छ। मृतकको शरीरमा दुई गोलीको निशान भेटिएपछि उलाई गोली दागिएको स्पष्ट भएको छ। परिजनहरूले पनि यसलाई हत्या बताएका छन्। अहिले शवलाई पोस्टमार्टमको निम्ति पठाएर वरपर लागेका सीसीटीभी फुटेजको जाँच भइऱहेको छ। छिट्टै नै घटनाको खुलासा गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी