
झाड़ग्राम, 27 अक्टोबर (हि. स.)। झाड़ग्राममा बितेको आइतवार साँझ एक सड़क दुर्घटनामा कोलकाताको बेहाला क्षेत्रका सात जना पर्यटकहरू घाइते भए। यो दुर्घटना बाँसपहाड़ी पुलिस चौकी अन्तर्गत मायूरझरना क्षेत्रमा भएको हो जतिबेला कारले नियन्त्रण गुमाएर रूखसित ठोक्कियो।
स्थानीय सूत्र अनुसार दुर्घटनापछि वरपरका मानिसहरूले तत्कालै बचाउ कार्य शुरू गरे अनि घाइतेहरूलाई ओदोलचुआ प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याए। घाइतेहरूमध्ये पियू नस्कर र तिनकी छोरी साहिको अवस्था गम्भीर रहेको बताइएको छ। दुवैलाई झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा स्थानान्तरण गरिएको छ।
पुलिसले बतायो, सात जना पर्यटकहरू गत शनिवार बेहालादेखि ट्रेन मार्फत झाड़ग्राम आएका थिए। यहाँ उनीहरू एक निजी गेस्ट हाउसमा बसेका थिए। आइतवार उनीहरू बेलपहाड़ीको काँकड़ाझोरा मार्ग भएर बाँसपहाड़ीतर्फ गइरहेका थिए, यसै क्रममा मायूरझरनामा पुगेपछि उनीहरूको वाहन अचानक अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो।
घाइते पर्यटक बंशी मालाकारले बताए, सबै कुरा ठीकै थियो, तर अचानक कार अनियन्त्रित भएर रूखसित ठोक्कियो। जंगलबीचमा यस्तो दुर्घटना हुन्छ भनेर हामीले कल्पना समेत गरेका थिएनौं। यहाँका स्थानीय मानिसहरू, पर्यटन व्यवसायी तथा पुलिसले जसरी हामीहरूलाई सहयोग गरे त्यसको निम्ति हामी आभारी छौं।
झाड़ग्राम जिल्ला होटल मालिक संघकासचिव शिवाशीष च्यटर्जीले भने, हामीले घाइतेहरूला तुरून्तै चिकित्सा सुविधा दिलाउने प्रयास गऱ्यौं। पुलिस र प्रशासनले हरसम्भव सहयोग गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा