
मालदह, 27 अक्टोबर (हि. स.)। जिल्लाको मानिकचक थाना अन्तर्गत एनायतपुर नवाडा गाउँमा सोमवार बिहान एक जना युवकको शव भेटियो। घर नजिकै एउटा रूखको हाँगामा डोरी झुण्डिरहेको भेटियो भने शव त्यसको मुनि थियो। मृतकको पहिचान 32 वर्षीय अमित चौधरीको रूपमा भएको छ जो इंग्लिश बजार थाना अन्तर्गत कामगरी क्षेत्रका निवासी थिए।
पुलिस औ स्थानीय सूत्र अनुसार अमितको विहे तीन वर्ष अगाड़ी श्यामली चौधरीसित भएको थियो जो मानिकचकको एनायतपुर नवाडा निवासी हन्। दम्पत्तिको एक वर्षीय छोरा पनि छ। केही दिनपूर्व अमित आफ्नी पत्नीसित ससुरालीमा आएका थिए जहाँ गए आइतवार राति दुवैले मिलेर मनसा गीत कार्यक्रममा भाग लिएका थिए।
सोमवार बिहान ससुराली घर नजिकै अमितको शव रूख मुनि भेटियो जबकि रूखको हाँगामा एउटा डोरी झुण्डिरहेको भेटियो।
मृतकको परिवारले आरोप लगाएको छ, अमितले आत्महत्या गरेको होइन, ससुरालीले उसलाई कुटेर गलामा डोरी बाँधेर हत्या गरिदिएको हो। तथापि ससुराली पक्षले उक्त आरोपलाई शिराबाटै खारेज गरिदिएको छ।
पत्नी श्यामली चौधरीको भनाइ छ, गए आइतवार राति हामी दुवै नै गीत सुन्न गएका थियौं। राती लगभग 11 बजी म घरमा आएँ, तर उनले केही क्षणपछि आउने भनेर मसित आएनन्। तर राति उनी घरमा आएनन्। बिहान उनको मृत्यु भएको खबर पाएँ। मैले केही बुझ्न सकिरहेको छुइनँ।
घटनाको सूचना पाउनसाथ मानिकचक पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले सबै पक्षको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा