इतिहासका पानामा २९ अक्टोबर : विश्व स्ट्रोक दिवस – जागरूकता नै बचाउको सबैभन्दा ठूलो हतियार
World stroke day


हरेक वर्ष २९ अक्टोबरका दिन विश्वभर विश्व स्ट्रोक दिवस मनाइन्छ। यस दिवसको उद्देश्य मानिसहरूलाई स्ट्रोक (मस्तिष्क आघात) सम्बन्धी सचेतना बढाउने र यसको समयमा उपचारको महत्त्व बताउनु हो।

विश्व स्ट्रोक दिवसको सुरुवात सन् २००४ मा क्यानाडाको भ्यानकुभरमा आयोजित विश्व स्ट्रोक कङ्ग्रेसका क्रममा भएको थियो। तर यसलाई आधिकारिक मान्यता सन् २००६ मा तब प्राप्त भयो, जब विश्व स्ट्रोक फेडेरेसन र इन्टरनेशनल स्ट्रोक सोसाइटी एकीकृत भई विश्व स्ट्रोक संगठन बने। त्यहीदेखि यस संगठनले प्रत्येक वर्ष यो दिवस मनाउँदै र प्रचार–प्रसार गर्दै आएको छ।

स्वास्थ्य विशेषज्ञहरूको अनुसार, स्ट्रोक संसारभर मृत्यु र अपाङ्गताको दोस्रो ठूलो कारण हो। यो त्यतिबेला हुन्छ जब मस्तिष्कमा रगतको प्रवाह अवरुद्ध हुन्छ वा रक्तस्राव हुन्छ। समयमै चिन्ने र उपचार गर्ने हो भने धेरै जीवनहरू बचाउन सकिन्छ।

हरेक वर्ष यस अवसरमा विश्वभर संगोष्ठी, स्वास्थ्य शिविर र जनचेतना अभियानहरू आयोजना गरिन्छ, जसको उद्देश्य मानिसहरूलाई स्ट्रोकका प्रारम्भिक लक्षणहरू पहिचान गर्न र तुरुन्तै चिकित्सकको सहयोग लिन प्रेरित गर्नु हो।

विश्व स्ट्रोक दिवसको सन्देश स्पष्ट छ, “यदि सतर्कता र जागरूकता अपनाइयो भने स्ट्रोकबाट बचाव सम्भव छ।”

महत्वपूर्ण घटनाक्रम

1709 – इङ्ल्याण्ड र नेदरल्यान्डले फ्रान्सविरुद्ध सन्धीमा हस्ताक्षर गरे।

1794 – फ्रान्सेली सेनाले दक्षिणपूर्वी नेदरल्यान्डको वेनलोमा कब्जा गर्‍यो।

1851 – बंगालमा ब्रिटिश इन्डियन एशोसिएसन स्थापना।

1859 – स्पेनले अफ्रिकी देश मोरक्कोविरुद्ध युद्धको घोषणा गर्‍यो।

1863 – जिनेभामा २७ देशको बैठकबाट अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटी स्थापना स्वीकृत।

1864 – यूनानले नयाँ संविधान अंगीकार गर्‍यो।

1913 – एल साल्भाडोरमा बाढीका कारण हजारौँ मानिसको मृत्यु।

1920 – पूर्व राष्ट्रपति जाकिर हुसेनको प्रयासमा जामिया मिलिया इस्लामिया स्थापना।

1923 – अटोमन साम्राज्यको अन्त्यपछि तुर्की गणराज्य घोषित।

1942 – नाजिहरूले बेलारुसको पिन्स्कमा १६ हजार यहूदीहरूको हत्या गरे।

1945 – विश्वकै पहिलो बल प्वाइन्ट पेन बजारमा आयो।

1947 – बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्डबीच बेनेलक्स संघ गठन।

1958 – अमेरिकाले नेभाडामा आणविक परीक्षण गर्‍यो।

1990 – अल्जेरियामा भूकम्पबाट ३० जनाको मृत्यु।

1994 – न्युयोर्कमा अमेरिकी भारतीय राष्ट्रिय संग्रहालय उद्घाटन।

1997 – पाकिस्तानले अन्तर्राष्ट्रिय रासायनिक हतियार सन्धिको पुष्टि गर्‍यो।

2000 – आइसल्याण्डका राष्ट्रपति भारतको सातदिने राजकीय भ्रमणमा आए।

2004 – त्रिनिडाड र टोबेगोका राष्ट्रपति म्याक्सवेल रिचर्ड्सले भारतका राष्ट्रपति ए.पी.जे. अब्दुल कलामसँग भेटवार्ता गरे।

2005 – आयल फॉर फूड प्रोग्राम सम्बन्धी रिपोर्टमा भारतका विदेशमन्त्री नटवर सिंहमाथि आरोप।

2008 – आसाममा भएका बम विस्फोटमा ६९ जनाको मृत्यु, ३५० घाइते।

2012 – अमेरिकी तटमा आएको स्यान्डी तुफानबाट २८६ जनाको मृत्यु।

2012 – अस्ट्रेलियाका विद्यालयहरूमा हिन्दीसहित एशियाली भाषाहरू पढाइने निर्णय।

2012 – पङ्कज आडवाणीले विश्व बिलियर्ड्स च्याम्पियनसिप जिते।

2015 – चीनले ‘एक सन्तान नीति’ समाप्त गर्‍यो।

जन्म

1985 – विजेन्द्र कुमार सिंह, भारतीय बक्सर।

1964 – देवुसिंह चौहान, भारतीय जनता पार्टीका राजनीतिज्ञ।

निधन

2020 – श्यामा चरण पति, छऊ नृत्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने नर्तक।

2020 – केशुभाई पटेल, गुजरातका पूर्व मुख्यमन्त्री।

1959 – सैयद मोहम्मद अहमद काजमी, पहिलो लोकसभाका सदस्य।

1988 – कमलादेवी चट्टोपाध्याय, समाजसेवी र स्वतन्त्रता सेनानी।

1978 – भी. आर. खानोलकर, भारतीय रोग विज्ञानी।

महत्वपूर्ण अवसर

विश्व स्ट्रोक दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande