
हुगली, 1 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको हुगली जिल्लास्थित कामारपुकुर क्षेत्रमा जगद्धात्री पूजाको अवसरमा आयोजित भोज अवधि सामान्य विवाद हुँदै एक जना युवकले आफ्नो ज्यान गुमाउनु पऱ्यो। आरोप छ, क्लबमा खानपानलाई लिएर दुई जना साथीबीच झगड़ा भयो। झगड़ा कुटपिटमा परिणत भयो र यस अवधि रामचन्द्र घोषाल (26) नामक युवकको मृत्यु भयो। घटनापछि पुलिसले आरोप राजू माइतिलाई हिरासतमा लिएको छ।
जानकारी अनुसार गए शुक्रवार राति कामारपुकुरको लाहा बाजारस्थित एक क्लबमा जगद्धात्री पूजाको विसर्जन कार्यक्रम पश्चात खानपिनको व्यवस्था गरिएको थियो। यसै अवधि रामचन्द्रले त्यहाँ राखिएका तीन वटा अण्डा खायो जसलाई लिएर उसको साथीहरूसित भनाबैरी भयो। पछि उ घर फर्किरहेको बेलामा पनि फेरि सड़कमा झगड़ा भयो।
आरोप छ, झगड़ा भइरहँदा राजू माइतिले एक जना दिव्यांग व्यक्तिको बैसाखीले रामचन्द्रको टाउको र गर्दनमा प्रहार गऱ्यो। त्यसपछि कुट्दै कामारपुकुरको श्रीधाम प्रतीक्षालयसम्म पुऱ्यायो। स्थानीय मानिसहरूले उसलाई अचेत अवस्थामा सड़कमा लड़िरहेको देखेर हतार-हतार अस्पतालमा पुऱ्याए जहाँ डाक्टरले उसलाई मृत घोषित गरिदिए।
रामचन्द्रको मृत्युपछि परिवार र क्षेत्रमा शोक व्याप्त भएको छ। मृतकका पिता तारक घोषालले शनिवार बताए, “क्लबका केटाहरूले केही पनि गरेनन्। कसैले मलाई खबरसम्म दिएन। मेरो छोरा मरेपछि मात्र मलाई बोलाइयो। जसले मेरो छोरालाई मारेको छ त्यसलाई फाँसीको सजाय हुनुपर्छ। आगामी महिना मेरी छोरीको विवाह छ, अब विवाह कसरी हुन्छ?”
क्लबका सचिव आशिष देले बताए, सबै जना भोजपछि आ-आफ्नो घरमा गएका थिए। त्यसपछि के भयो हामीलाई केही जानकारी छैन।
घटनास्थल कामारपुकुर पुलिस चौकीदेखि केही मीटरको दूरत्वमा अवस्थित छ। केही महिनाअघि मात्र हुगली ग्रामीम पुलि अधीक्षकले क्षेत्रमा 24 घण्टै निगरानी राख्नको लागि सीसीटीभी क्यामरा जड़ान गराएका थिए। पुलिस चौकी र श्रीरामकृष्ण मठ नजिक यस्तो ठूलो घटना भएको कारणले क्षेत्रको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठिरहेको छ। हाल पुलिसले आरोपीलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा