
अलिपुरद्वार, 1 नोभेम्बर (हि.स)। राहत वितरणलाई लिएर मादाराहीट बीडीओसित अलिपुरद्वारका भाजपा सांसद मनोज तिग्गाको बहस भयो। यस अवधि विधायक तिग्गालाई आक्रोशको आवेगमा आएर बीडीओलाई औंली देखाउँदै टेबल ठटाइरहेको देखियो। उनको यो भीडियो सोशल मीडियामा द्रूत गतिमा भाइरल भइरहेको छ।
वास्तवमा डुवर्समा हात्तीको हमलामा परी आमा र छोरीको मृत्यु भएको थियो। अलिपुरद्वारका भाजपा सांसद मनोज तिग्गा गत 29 अक्टोबरको दिन मदारीहाटको बीडीओ कार्यालयमा उनीहरूको मृत्युको सिकायत लिएर पुगेका थिए। उनले मृतक परिवारले क्षतिपूर्ति किन पाइरहेको छैन भनेर प्रश्न गर्दा बीडीओले आफ्नै ढंगमा जवाफ दिए। यो सुनेर भाजपा सांसद रिसाए। यसको साथै विधायक तिग्गाले गत 4 नोभेम्बरमा उत्तर बंगालमा आएको विनाशकारी वर्षाले पुऱ्याएको क्षतिमाथि पनि प्रश्न उठाए।
उनले भने, चिया बगानहरूमा काम गर्ने केही परिवारहरू संकटमा छन्। उनीहरूलाई अहिलेसम्म राहत सामग्री प्राप्त भएको छैन। एउटा तिरपाल समेत दिइएको छैन। तृणमूल नेताहरूसित गएर उनीहरूलाई तिरपाल दिनु यो कुन संविधानमा छ? मैलै तपाईसित कैयौं पटक भनिसकेको छु, मलाई संकटग्रस्त मानिसहरूको लागि तिरपाल चाहिएको छ। तर तपाईले त आफ्नो बीडीओ कार्यालयलाई तृणमूलको कार्यालय बनाएको जस्तै देखिएको छ। यदि तपाईलाई 'बीडीओगिरी' गर्नुछ भने गर्नुहोस्, नत्र तृणमूलको झण्डा हातमा लिएर घुम्नुहोस्।
यता सोशल मीडियामा भीडियो भाइरल हुनसाथ सांसद मनोज तिग्गाले शनिवार यसमाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने, गत 22 अक्टोबरमा मदारीहाटमा हात्तीको हमलामा आमा र छोरीको मृत्यु भएको थियो। पीड़ित परिवारसित जाँचबुझ गरेपछि मैले पछि रेञ्जर कार्यालमा पुगेर बातचित गरें। किनभने मृतकको परिवारले उचित क्षतिपूर्ति पाएको थिएन। त्यसपछि मैले बीडीओलाई सम्पूर्ण मामिलाको बारेमा बताएँ। सबै कुरा सुनेपछि उनले हामीलाई कानून बुझाउन थाल्नु भयो। यसैलाई लिएर बहस भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा