
पश्चिम मिदनापुर, 1 नोभेम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको दासपुर थाना पुलिसले गए शुक्रवार राती एउटा ठूलो कारबाही गर्दै भारी मात्रामा प्रतिबन्धित कफ सिरपसितै छःजना तस्करहरूलाई पक्राउ गऱ्यो। यो कारबाही घाटाल-पाँशकुरा मार्गमा बेलियाघाट क्षेत्रमा गुप्त सूचनाको आधारमा गरिएको हो।
घाटाल महकुमा पुलिस अधिकारी दुर्लभ सरकारको नेतृत्वमा संचालित सो अभियानमा दासपुर थाना प्रभारी (ओसी) अञ्जनी कुमार, सीआई विश्वजीत मण्डल, सेकण्ड अफिसर तरुण हाजरा र दासपुर–1 बीडीओ दीपांकर विश्वास पनि उपस्थित थिए।
पक्रा पर्ने आरोपीहरूको पहिचान मुर्शिदाबाद जिल्ला निवासी राजू अहमद, मौसुलिम, अल्लारखा ताजमहल शेख, जहारूल शेख, बहादुर शेख तथा बिहार निवासी छोटू मलिकको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार जाँच गर्ने क्रममा वाहनबाट बोरामा भरेर राखिएको प्रतिबन्धित कफ सिरपका सयकड़ौं बोतलहरू जफत गरियो। पुलिसले वाहनलाई पनि जफत गरेको छ। भनिन्छ, केही दिनअघि पनि दासपुर थाना क्षेत्रबाट तीनजना युवकहरूलाई यसरी नै कफ सिरपको तस्करी गरेको आरोपमा पक्राउ गरिएको थियो। यी तीनजना आरोपीहरूसि गरिएको जाँचबुझको आधारमा गए शुक्रवार यो विशेष अभियान संचालन गरियो जसमा पुलिसलाई ठूलो सफलता हासिल भयो।
पुलिस अब सबै आरोपीहरूसित जाँचबुझ गरी तस्करीको व्यापक नेटवर्कको बारेमा पत्तो लगाउन जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा