भोटर सूची म्याचिंगमा पछाड़ियो बंगाल, चुनाउ आयोग चिन्तित
भोटर सूची म्याचिंगमा पछाड़ियो बंगाल, चुनाउ आयोग चिन्तित


कोलकाता, 01 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा स्पेशल इन्टेन्सिभ रिभीजन (एसआईआर)- को प्रक्रिया शुरू हुनपूर्व राज्यभरि नै वर्ष 2002-को मतदाता सूचीसित वर्तमान मतदाता सूचीको “म्यापिंग वा म्याचिंग” कार्य शुरू गरिएको छ। चुनाउ आयोग अनुसार वर्तमानमा 7 करोड़ 66 लाख 37 हजार 529 मतदाताहरूमध्ये मात्र 52 प्रतिशतको म्याच भएको छ। छिमेकी राज्य बिहारमा यो दर 60 प्रतिशत थियो। बंगालको यस्तो स्थितिदेखि चुनाउ आयोग चिन्तित भएको छ।

मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयका एकजना अधिकारी अनुसार राजधानी वरपरका जिल्लाहरूमा स्थिति अझ बढ़ी चिन्ताजनक छ। हावड़ामा म्याचिंग प्रतिशत 38-मा अड़्किएको छ, उत्तर 24 परगनामा 41 प्रतिशत औ दक्षिण 24 परगनामा 45 प्रतिशतको मात्र म्याचिंग भएको छ।दक्षिण कोलकातामा यो दर 35 प्रतिशत छ भने उत्तर कोलकातामा 55 प्रतिशत दर्ता गरिएको छ। यी जिल्लाहरूमा दुई वटा सूचीबीच म्याचिंग कम भएको कारणले आधाभन्दा अधिक मतदाताहरूले एसआईआर अवधि आफ्नो दस्तावेज जमा गर्नुपर्नेछ।

अन्य सीमावर्ती जिल्लाहरूमा पनि स्थिति सन्तोषजनक छैन। पश्चिम बर्द्धमानमा म्याचिंगको स्तर मात्र 31 प्रतिशत दर्ता भएको छ भने यहाँको जनसंख्या घटेको छैन। अधिकारीहरूको मान्यतामा वर्ष 2002-देखि अहिलेसम्ममा लाखौं मतदाताहरूको मृत्यु वा कार्यको कारणले उनीहरूको पलायन जस्तो कुनै कारण हुनसक्छ, तर यति ठूलो अन्तर औसत मिलानको ठोस कारण अहिले सामु आएको छैन।

यद्यपि कतिपय जिल्लाहरूमा मिलान दर तुलनात्मक रूपमा राम्रो छ। हुगलीमा 56 प्रतिशत, पश्चिम मेदिनीपुरमा 64 प्रतिशत र पूर्व मेदिनीपुरमा 67 प्रतिशत म्याचिंग भएको छ। यस अतिरिक्त कुचबिहारमा 48, अलिपुरद्वारमा 54, कालेबुङमा 65, उत्तर दिनाजपुरमा 44, दक्षिण दिनाजपुरमा 55, मालदामा 50, मुर्शिदाबादमा 56, नदियामा 51, पुरुलियामा 63, बाँकुड़ामा 79, बीरभूममा 53, पूर्व बर्द्धमानमा 73 औ झाड़ग्राममा 51 प्रतिशतको मिलान भएको छ। अधिकांश जिल्लाहरूमा यो दर 45देखि 65 प्रतिशतबीच घुमिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande