
सिलगढ़ी, 1 नोभेम्बर (हि.स)। नक्सलबाड़ीको मेरिभ्यु चिया बगानमा शनिवार बिहान एउटा हात्तीको शावकको शव भेटिएको छ। हिलोमा रहेको शवलाई सबैभन्दा पहिला स्थानीय मानिसहरूले देखे। त्यसपछि यसको सूचना वन विभागको बागडोगरा रेञ्जकेाकर्मचारीहरूलाई दिइयो। भनिन्छ, पछिल्लो दुई दिनदेखिको बागडोगरा रेञ्जको दलका वन क्षेत्रबाट आएका सयभन्दा अधिक हात्तीहरूको बथान यस क्षेत्रमा घुमिरहेको छ। यी हात्तीहरूको बथानले क्षेत्रका फसलहरूलाई नष्ट पारिरहेको छ। गए राती वन विभागीय कर्मचारीहरूको कड़ा परिश्रम पश्चात यी हात्तीहरूलाई दलका वन क्षेत्रमा फर्काइएको छ। जंगलमा फर्किने क्रममा हिलोमा झरेर यसै समूहका अन्य हात्तीहरूले कुल्चिएर शावकको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ। वन विभागीय अधिकारीहरूले घटनास्थलमा पुगेर शावकको शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिए।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा