बाँकुड़ामा पुलिसद्वारा साइबर क्राइम जागरूकता अभियान संचालित
बाँकुड़ामा पुलिसद्वारा साइबर क्राइम जागरूकता अभियान संचालित


बाँकुड़ा, 1 नोभेम्बर (हि.स.)। बाँकुड़ा साइबर क्राइम पुलिस स्टेशनको पहलमा बितेको शुक्रवार साँझ नातुगञ्ज धर्मशालाको खुल्ला प्रांगणमा तथा गोविन्दनगर बस स्ट्याण्डस्थित केनरा ब्यांक निकट साइबर क्राइम जागरूकता कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको उदेश्य स्थानीय नागरिकहरूमाझ साइबर सुरक्षालाई लिएर जागरूकता फैलाउनु थियो।

पुलिस अधिकारीले बताए, कार्यक्रम अवधि मानिसहरूलाई अनलाइन ठगी, वित्तीय धोकाधड़ीको रोकथाम, व्यक्तिगत गोपनीयताको सुरक्षा तथा सुरक्षित डिजीटल व्यवहारको बारेमा विस्तृत जानकारी गराइयो। उनले बताए, साइबर अपराधीहरूद्वारा अप्नाइने विभिन्न उपायहरूदेखि जनता सतर्क र कुनै पनि संदिग्ध गतिविधि भएको शंका लागे तुरून्तै पुलिसलाई सूचना दिनुपर्छ।

पुलिसको पक्षबाट बताइएको छ, कार्यक्रममा लगभग सयजना मानिसहरू उपस्थित थिए। बाँकुड़ा साइबर क्राइम पुलिस स्टेशनको यस पहललाई राज्यमा बढ़्दो साइबर अपराधप्रति नागरिकहरूलाई जागरूक गराउने दिशामा एउटा महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande