
गुवाहाटी, 01 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रदेशका क्याबिनेट मन्त्री जोगेन मोहनलाई जन्मदिनमा शुभकामना दिएका छन्। जोगेन मोहन हिमन्त सरकारमा लोक निर्माण,भवन एवं राष्ट्रि राजमार्ग, स्वदेशी एवं जनजातीय आस्था तथा संस्कृति, पहाड़ी क्षेत्र विकास, सहकारिका विभागका क्याबिनेट मन्त्री रहेका छन्।
मुख्यमन्त्रीले भने, जोगेन मोहन एकजना समर्पित नेता हुन् जसले राज्यको स्वदेशी औ जनजातीय समुदायहरूको समृद्ध विरासतलाई संरक्षित एवं प्रोत्साहित गर्नका लागि निरन्तर कार्य गरिरहेका छन्। उनको योगदानले असमको सर्वसमावेशी तथा दिगो विकासको सामूहिक दृष्टिलाई साकार पार्नेछ।
उनले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसि प्रार्थना गरे, उनीहरूले जोगेन मोहनलाी उत्तम स्वास्थ्य, सुख एवं जनसेवामा निरन्तर सफलताको आशीर्वाद दिउन्।
उनी असम विधानसभाका सदस्य हुनका साथै महमोरा निर्वाचन क्षेत्रको प्रतिनिधित्व पनि गर्दछन्। यसपूर्व उनी सर्वानन्द सोसनोवाल नेतृत्वाधिन सरकारमा पनि मन्त्री थिए। मोहन मूलतः असमको शिवसागर जिल्ला्थित ज्योतिपुर गाउँका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा