
पश्चिम मेदिनीपुर, 1 नोभेम्बर (हि.स.) : पश्चिम मेदिनीपुरको खीरपाई–आरामबाग मुख्य सड़कमा चन्द्रकोणा थाना अन्तर्गत हेमदपुर क्षेत्रमा बितेको शुक्रवार राति लगभग साढ़े एघार बजे एक भयानक सड़क दुर्घटना भयो।
स्थानीय सूत्र अनुसार जाडग्राम निवासी उज्ज्वल पात्र मोटरसाइकल मार्फत कतै गइरहेका थिए। यसै क्रममा गौरांग कोल्ड स्टोरेज नजिकमा पुगेपछि उनले एउटा मारूति कारलाई सड़क किनारमा पल्टिरहेको देखे। उनले तत्कालै एउटा टोटोलाई रोकेर चारैजना गम्भीर घाइते मानिसहरूलाई खीरपाई अस्पतालमा पठाइदियो। भनिन्छ, दुर्घटनाग्रस्त मारूतिमा सातजना मानिसहरू सवार थिए। दुर्घटनापछि चालकले सुइँकुच्चा ठोक्यो।
सवारीहरूलेे बताए, चालक मातेका थियो र द्रूत गतिमा वाहन हाँकिरहेको थियो जसले गर्दा उसले नियन्त्रण गुमायो फलस्वरूप कार पल्टियो।
पुलिसले घटनास्थलमा पुगेर वाहनलाई जफत गऱ्यो भने भगौड़ा चालकलाई खोज्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा