विष्णुपुरमा ग्यास सिलिण्डर विस्फोट, तीनजना जलेर गम्भीर रूपमा घाइते
विष्णुपुरमा ग्यास सिलिण्डर विस्फोट, तीनजना जलेर गम्भीर रूपमा घाइते


पश्चिम मेदनीपुर, 1 नोभेम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको विष्णुपुर थाना अन्तर्गत आकुंजी डांगा क्षेत्रमा हिजो शुक्रवार राती भएको सिलिण्डर विस्फोटमा एउटै परिवारका तीनजना सदस्यहरू जलेर गम्भीर रूपमा घाइते भए। सबै घाइतेहरूलाई विष्णुपुर अस्पतालमा भर्ती गरिएको छ। घाइतेहरूको पहिचान जगन्नाथ पाल, उनकी पत्नी कविता पाल र उनका ज्वाईँको रूपमा भएको छ।

स्थानीय सूत्रानुसार खाना पकाउँदा-पकाउँदै अचानक सिलिण्डरबाट ग्यास चुहिन थाल्यो। त्यसपछि हेर्दा-हेर्दनै क्षणभरमै सिलिण्डर पड़्क्यो। यस भयानक विस्फोटको कारणले घरको एक भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। छर-छिमेकका मानिसहरूले तत्कालै आगोलाई निभाउने प्रयास गरे अनि घाइतेहरूलाई अस्पतालमा पुऱ्याए। अस्पताल सूत्रले बताए मुताविक तीनैजनाको स्थिति गम्भीर रहेको छ।

घटनाको खबर पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर सिलिण्डर विस्फोट हुनुको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ। प्रारम्भिक जाँचमा ग्यास चुहिएकै कारणले विस्फोट भएको मानिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande