
खड़गपुर, 1 नोभेम्बर (हि.स.)। आईआईटी खड़गपुरका निदेशक प्रो. सुमन चक्रवर्तीलाई शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत गए शुक्रवार साँझ नयाँं दिल्लीमा आयोजित फेडरेशन अफ वर्ल्ड अकैडेमिक्स (एफ डबल्यू ए)-को आठौं इण्डस्ट्री-एकेडेमिया कन्क्लेभमा “पद्मविभूषण डा. मुरली मनोहर जोशी डिस्टिंग्विश्ड टीचर अवार्ड- 2025” -ले सम्मानित गरियो।
यो पुरस्कार फेडरेशन अफ वर्ल्ड अकैडेमिक्सको पक्षबाट पहिलो पटक दिइएको हो जसको उदेश्य देशको शिक्षा क्षेत्रमा दूरदर्शी नेतृत्व तथा नवाचारलाई प्रोत्साहित गर्नु हो। यस अवसरमा भारत सरकारका पूर्व मानव संसाधन विकास मन्त्री डा. मुरली मनोहर जोशी मुख्य अतिथिका रूपमा उपस्थित थिए भने उनी स्वयंले यो सम्मान प्रो. चक्रवर्तीलाई प्रदान गरे।
आईआईटी खड़गपुरले शनिवार यस उपलब्धिमाथि गर्व व्यक्त गर्दै भन्यो, यो सम्मान प्रो. चक्रवर्तीको व्यक्तिगत योगदानको स्वीकृतित मात्र नभएर स्थानको शिक्षा, अनुसन्धान, नवाचार औ सामाजिक प्रभावको उत्कृष्ट परम्परालाई पनि अझ सशक्त बनाउँछ। संस्थान अनुसार प्रो. चक्रवर्तीको यो सम्मानले शिक्षाको क्षेत्रमा नयाँ प्रेरणा अनि दिशा प्रदान गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा