
नयाँ दिल्ली, १ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले कन्नड राज्योत्सवको अवसरमा कर्नाटकका जनतालाई शुभकामना व्यक्त गरेका छन्। उनले भने, यो दिन राज्यको मेहनती भावना र उत्कृष्टताका साथै समृद्ध संस्कृति, साहित्य, कला र सङ्गीतको उत्सव हो।
प्रधानमन्त्री मोदीले भने, “कर्नाटक ज्ञानमा निहित प्रगतिशीलताको प्रतीक हो।” उनले राज्यका जनताको सुख, समृद्धि र स्वास्थ्यका लागि प्रार्थना गरे।
प्रधानमन्त्रीले आफ्नो एक्स पोस्टमा लेखे, “कर्नाटकको संस्कृति, साहित्य र कला हाम्रो देशको अमूल्य धरोहर हुन्। यो राज्य आफ्नो परिश्रम र प्रगतिशील सोचका लागि परिचित छ।”
हिन्दुस्थान समाचार / भवानी थामी