
कोलकाता, 1 नोभेम्बर (हि.स.)। चर्चित समाजसेवी महावीर बजाज कोलकातास्थित सामाजिक साहित्यिक संस्था श्री बड़ा बजार कुमार सभा पुस्तकालयको पुनः अध्यक्ष निर्वाचित भएका छन्। गए शुक्रवार पुस्तकालय भवनमा आयोजित वार्षिक साधारण सभामा वर्ष (2025-2026)- को लागि नयाँ कार्यसमितिको चुनाउ सम्पन्न भयो जसमा महावीर प्रसाद बजाजलाई अध्यक्ष निर्वाचित गरिनकोसाथै भागीरथ चांडक एवं महावीर प्रसाद रावतलाई उपाध्यक्ष, बन्शीधर शर्मालाई मन्त्री, अजयेन्द्र नाथ त्रिवेदी एवं सत्यप्रकाश रायलाई उपमन्त्री, नन्दकुमार लढालाई अर्थ मन्त्री तथा डा. तारा दूगड़लाई साहित्य मन्त्री चयन गरियो। यस अतिरिक्त कार्यकारिणी सदस्यहरूको रूपमा डा. प्रेमशंकर त्रिपाठी, मोहनलाल पारीक, अरुण प्रकाश मल्लावत, अजय चौबे, नरेन्द्र कुमार डागा,ललित तोदी, दुर्गा व्यास, डा. कमल कुमार, चन्द्र कुमार जैन, मनोज काकड़ा, सञ्जय रस्तोगी, सुधा जैन, राजेश अग्रवाल (लाला), रामचन्द्र अग्रवाल, भागीरथ सारस्वत, सञ्जय मण्डल एवं मनीष जैन चयन भए। मन्त्री बन्शीधर शर्माले सबैलाई सहयगको निम्ति आभार व्यक्त गर्दै भवन सम्बन्धि कर्पोरेशनको कार्यवाही शीघ्र नै पूरा हुने आशा प्रकट गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा