बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 1 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार प्रसिद्ध साहित्यकार बिभूतिभूषण बन्द्योपाध्यायको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। उनले सोशल मीडिया मञ्च ‘एक्स’-मा बंगाली भाषामा पोस्ट गर्दै भनिन् —“‘पथेर पांचाली’, ‘अपराजित’, ‘आरण्यक’ औ ‘चांदेर पाहाड़’- का रचयिता, प्रसिद्ध कथाकार बिभूतिभूषण बन्द्योपाध्यायको प्रयाण दिवसमा उनलाई विनम्र श्रद्धाञ्जली।”

ममता ब्यनर्जीले आफ्नो सन्देशमा भनिन्, बिभूतिभूषण बन्द्योपाध्यायका रचनाहरूले बंगला साहित्यलाई नयाँ उचाईँ दिन्छन् साथै उनको लेखनी मानवीय संवेदनाहरूको सशक्त अभिव्यक्ति हो। उल्लेख्य, ‘पथेर पांचाली’- माथि आधारित फिल्मले विश्वस्तरमा भारतीय सिनेमालाई नयाँ पहिचान दिलाएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande