दाँतनमा व्यक्तिको झुण्डिरहेको शव भेटियो
दाँतनमा व्यक्तिको झुण्डिरहेको शव भेटियो


पश्चिम मिदनापुर, 1 नोभेम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको दाँतन-दुई ब्लकको धनश्वरपुर गाउँमा हिजो शुक्रवार अबेर राती एकजना व्यक्तिको गलफन्दामा झुण्डिरहेको शव भेटियो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान बापी भंज (51)-को रूपमा गरिएको छ जो धनश्वरपुर गाउँका थिए।

जानकारी अनुसार शुक्रवार राती बापी आफ्नो कोठाभित्र थिए।अबेर रातीसम्म कुनैै गतिविधि नभएको देखेपछि शंका लागेर परिवारका मानिसहरूले ढोका खोले जहाँ बापीको शव गलफन्दामा झुण्डिरहेको थियो।परिवारले उसलाई तुरून्तै बेलदा सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्यायो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

घटनाको सूचना पाउनसाथ बेलदा थाना अन्तर्गत जोड़ागेरिया फाँड़ीको पुलिस घटनास्थलमा पुग्यो। शवलाई आफ्नो कब्जामा लिएर पुलिसले जाँच शुरू गऱ्यो। पुलिसले आत्महत्या लगायत अन्य सबै पाटो र पक्षहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande