
मुम्बई, १ नोभेम्बर (हि.स.)। राजस्व गुप्तचर निदेशालय (डीआरआई) को टोलीले विशेष अभियान अन्तर्गत मुम्बई विमानस्थलमा ४.७ किलोग्राम कोकेन बरामद गरेको छ। अन्तरराष्ट्रिय बजारमा यस कोकेनको मूल्य करिब ४७ करोड रुपियाँ आकलन गरिएको छ। यस प्रकरणमा हालसम्म ५ जना आरोपीलाई पक्राउ गरिएको छ। घटनाको अनुसन्धान डीआरआईको टोलीले गरिरहेको छ।
डीआरआईका एक अधिकारीका अनुसार, मुम्बई विमानस्थलमा नशालु पदार्थ तस्करी विरुद्ध विशेष अभियान सुरु गरिएको छ। यही अभियान अन्तर्गत डीआरआई टोलीले कोलम्बोबाट आएकी एक महिला यात्रुलाई रोकेको थियो। जाँच गर्दा उनको सामानमा रहेको कफी पाउडरका नौ प्याकेटभित्र सेतो पदार्थ लुकाइएको पाइयो। त्यसपछि सो महिलालाई तत्काल पक्राउ गरियो।
उनसॅंग सोधपुछपछि चार अन्य व्यक्तिलाई पनि शुक्रबार राति पक्राउ गरिएको छ। यो प्रकरणमा नारकोटिक ड्रग्स एन्ड सायकोट्रोपिक सब्स्टेन्स ऐन, 1985 अन्तर्गत पाँचै जना आरोपीलाई नियन्त्रणमा लिइएको छ। हाल पुलिसले घटनाको थप छानबिन जारी राखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी