प्रधानमन्त्री मोदी र केन्द्रिय गृहमन्त्री शाहले राज्य स्थापना दिवसमा छत्तीसगढ़वासीहरूलाई दिए बधाई
प्रधानमन्त्री मोदी र केन्द्रिय गृहमन्त्री शाहले राज्य स्थापना दिवसमा छत्तीसगढ़वासीहरूलाई दिए बधाई


रायपुर 1 नोभेम्बर (हि.स.)। आज शनिवार एक नोभेम्बरको दिन छत्तीसगढ़ राज्यले आफ्नो 25औं स्थापना दिवस मनाइरहेको छ। यस अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले शनिवार राज्य स्थापना दिवसमा छत्तीसगढ़वासीहरूलाई बधाई एवं शुभकामना दिए।

प्रधानमन्त्री मोदीले शनिवार आफ्नो सोशल अकाउण्ट एक्समा ट्वीट गरी लेखे, छत्तीसगढ़का आफ्ना सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई राज्य स्थापना दिवसको 25औं वर्षगाँठको अनेकौं शुभकामना। प्रकृति र संस्कृतिप्रति समर्पित यो प्रदेश आज प्रगतिको नित नयाँ मानदण्ड गढ़्न जुटेको छ। एक समयमा नक्सलवादबाट प्रभावित यहाँका धेरावटा क्षेत्रहरूले आज विकासको प्रतिस्पर्धा गरिरहेका छन्। मलाई भरोसा छ, यहाँका मिहेनती र प्रतिभाशाली मानिसहरूको लगन तथा उद्यमबाट हाम्रो यो राज्यले विकसित भारतको भिजनलाई साकार पार्नमा महत्वपूर्ण भूमिका निभाउनेछ।

यसरी नै केन्द्रिय

गृहमन्त्री अमित शाहले आफ्नो सोशल अकाउण्ट एक्समा ट्वीट गरे, छत्तीसगढ़

वासहरूलाई प्रदेशको स्थापना दिवसको शुभकामना। जनजातीय संस्कृति एवं कलाहरूद्वारा सम्पन्न छत्तीसगढ़को विकास तथा कल्याणको अवरोधक नक्सलवादलाई समाप्त गर्नको लागि केन्द्र अनि राज्य सरकार पूर्ण रूपले संकल्पित छ। नक्सलवादले राज्य अनि देशभरि नै अन्तिम सास लिरहेको छ। आगामी 31 मार्च, 2026 सम्ममा लाल आतंकलाई निर्मूल गरी भाजपाको केन्द्र तथा राज्य सरकारले छत्तीसगढ़को विकासमा नयाँ युगको शुरूआत गर्नेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande