
कोलकाता, 01 नोभेम्बर (हि.स.)। चक्रवात ‘मोन्था’-कोप्रभाव अहिले नै पूर्ण रूपले समाप्त भएको छैन। यस चक्रवाती प्रणालीको कारण बंगालको हावामा प्रचुर मात्रामा जलवाष्पले प्रवेश गरिसकेको कारण राज्यका अधिकांश जिल्लाहरूमा भएको वर्षाको श्रृङ्खला आइतवारसम्म जारी रहने अनुमान छ। उत्तर बंगालका दार्जीलिङ, कालेबुङ,जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहारको लागि घना वर्षाको चेताउनी जारी गरिएको छ। मौसम विभागले शनिवार बिहान जारी गरेको आफ्नो बयानमा बताएको छ, उत्तर दिनाजपुर र मालदामा पनि अपरान्हसम्म वर्षा जारी रहने पूर्वानुमान छ जसपश्चात बिस्तारै मौसममा सुधार हुन सक्ने संकेत छ।
दक्षिण बंगालमा पनि कोलकाता सहित सबै जिल्लाहरूमा बादल लागिरहनेछ भने कतै-कतै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। बीरभूम र मुर्शिदाबादमा अपरान्हसम्म केही स्थानहरूमा अधिक वर्षा दर्ता हुने सम्भावना रहेको छ। राजधानी कोलकातामा दिनको प्रथम भागसम्म आकाशलाई बादलहरूले ढाक्नेछ र हल्का पानी पनि पर्नसक्छ। आइतवारदेखि यहाँ मौसममा सुधार अनि आंशिक रूपमा घाम उदाउने सम्भावना छ।
नमीको अत्यधिक उपस्थितिले गर्दा अहिलेसम्म जाड़को अनुभूति भएकै छैन। नोभेम्बरको शुरूमा पनि तापमानमा विशेष उतार-चढ़ाउ देखिएको छैन। तथापि मौसम वैज्ञानिकहरूको अनुमानमा आगामी मंगलवारदेखि हावामा नमी घट्न शुरू हुनेछ। यसले गर्दा रातको तापमान घट्नसक्छ साथै कतिपय जिल्लाहरूमा हल्का घाम लाग्नसक्छ। उत्तर बंगालका पार्वतीय क्षेत्रहरूमा आगामी बुधवारदेखि शीतको प्रभाव महसूस हुन शुरू हुनेछ जहाँ रातको पारा 12-14 डिग्री सेल्सियस लगभग पुग्नसक्छ।
आइतवारदेखि सम्पूर्ण राज्यमा मौसम सामान्य हुने र वर्षामा कमी आउने आशा छ जसबाट मानिसहरूलाई अन्तत: शीत ऋतुले आगमन गरेको महसूस हुन थाल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा