सिलमपुर गोलीकाण्ड सुल्झियो, आरोपी पक्राउ
सिलमपुर गोलीकाण्ड सुल्झियो, आरोपी पक्राउ


नयाँ दिल्ली, 1 नोभेम्बर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको सिलमपुर क्षेत्रमा भएको गोलीकाण्डको रहस्यलाई पुलिसले सुल्झाएको छ। पुलिसले हत्याको मामिलामा भगौड़ा आरोपीलाई पक्राउ गरेको छ भने आरोपीबाट एउटा पेस्तोल र दुई वटा जिउँदो कारतूस जफत गरेको छ। आरोपीको पहिचान न्यू सिलमपुर निवासी अब्दुल्ला (23)- को रूपमा भएको छ।

पुलिसको जाँचबुझमा अब्दुल्लाले आफ्नो अपराधलाई स्वीकार गर्दै बतायो, उसले यो घटना पुरानो शत्रुताको कारण गरेको थियो। पुलिस जाँचमा यो पनि पत्तो लागेको छ, आरोपीको आपराधिक इतिहास रहिआएको छ। उ पहिला पनि हत्या गर्ने प्रयास, फायरिंग औ आर्म्स एक्टसित सम्बन्धित तीन वटा मामिलामा सामेल रहिसकेको छ। हाल पुलिसले आरोपीसित अग्रिम जाँचबुझ गरिरहेको छ साथै यो पत्तो लगाउने चेष्टा गरिरहेको छ कि घटनामा अन्य को-को सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande