प्रचुर मात्रामा गांजाको साथ एक पक्राउ
प्रचुर मात्रामा गांजाको साथ एक पक्राउ


सिलगढ़ी, 01 नोभेम्बर (हि.स.)। सिलगढ़ी थाना पुलिसले प्रचुर मात्रामा गांजाको साथ एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेको व्यक्तिको नाम सुशान्त विश्वास हो। जो नदिया जिल्लाको निवासी हो।

सूत्रहरू अनुसार, शुक्रवार अबेर राति पेट्रोलिङमा सिलगढ़ी थाना पुलिसले निर्माणाधीन फ्लाईओवर ब्रिजमुनि सेतो रंगको ब्याग लिएर खड़ा सुशान्तलाई संदिग्ध अवस्थामा देख्यो। सन्देहको आधारमा जब उसको तलाशी लिइयो तब ब्यागबाट छह प्याकेट गांजा जफत भयो। पुलिसले आरोपी विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande