राष्ट्रलाई विकसित गर्ने यात्रामा ब्रह्मकुमारी जस्ता संस्थाहरूको भूमिका धेरै अहम- मोदी
शान्ति


रायपुर, 01 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई विकसित गर्ने यात्रामा ब्रह्मकुमारी जस्ता संस्थाहरूको भूमिका धेरै अहम रहेको बताएका छन्। प्रधानमन्त्री ब्रह्मकुमारीको नवा रायपुरको सेक्टर-20 मा नवनिर्मित ब्रह्मकुमारी संस्थानको भव्य शान्ति शिखर रिट्रीट सेन्टर ‘एकेडमी फर ए पीसफुल वर्ल्ड’ को उद्घाटन र रजत महोत्सव समारोहलाई सम्बोधित गरिरहेका थिए। यस अवधि प्रधानमन्त्रीले ब्रह्मकुमारी संस्थानसित आफ्नो सम्बन्धहरूबारे बताए। उनले भने, सेवा नै ब्रह्मकुमारी संस्थाको पहिचान हो। यस अवधि राज्यपाल रमेन डेका र मुख्यमन्त्री विष्णु देव साय पनि उपस्थित रहे।

प्रधानमन्त्री मोदीले ब्रह्मकुमारी संस्थाको शान्ति शिखर कार्यक्रममा सामेल भएर छत्तीसगढ़ सहित झारखण्ड र उत्तराकण्ड राज्यहरूको स्थापना दिवसको शुभकामना दिए। उनले भऩे, आजको दिन विशेष छ किनभने तीनै राज्यले आफ्नो स्थापनाको 25 वर्ष पूरा गरिरहेका छऩ्। राज्यहरूको विकासमै देशको विकास निहित छ। यही मन्त्रमा हिँड़ेर हामी भारतलाई विकसित राष्ट्र बनाउने अभियानमा जुटेका छौं। उनको यस आध्यात्मिक आन्दोलनसित दशकौं पुरानो सम्बन्ध रहेको छ। उनले ब्रह्मकुमारी संस्थालाई वटवृक्ष सरह बढ्दै गएको देखेका छन्। 2011 मा अहमदाबादमा ‘फ्यूचर अफ पावर’ कार्यक्रम होस् वा 2012 मा संस्थाको 75 वर्षको उत्सव, माउन्ट आबू र गुजरातका कार्यक्रमहरूमा जानु उनको जीवनको हिस्सा रहेको छ।

प्रधानमन्त्रीले भने, दिल्ली आएपछि पनि उनलाई धेरै अवसरहरूमा ब्रह्मकुमारी संस्थासित जोड़िने अवसर प्राप्त भयो, चाहे त्यो आजादीको अमृत महोत्वको अभियान होस् वा स्वच्छता अभियान। उनले संस्थासित आफ्नो व्यक्तिगत लगावको पनि उल्लेख गरे औं भने, यस संस्थानसित सदैव उनको आफ्नोपना रहेको छ। जानकी दिदीको स्नेह र राजयोगिनी दादी योगिनीको मार्गदर्शन उनको जीवनको विशेष स्मृतिहरूमा सामेल छ। उनले भावनात्मक रूपमा भने, उनी यहाँ अतिथि होइन, उनीहरूका एक सदस्य हुन्।

प्रधानमन्त्री मोदीले देश-विदेशमा जोड़िएका सबै ब्रह्मकुमारी परिवारका सदस्यहरूलाई शुभकामना दिए। यस अवसरमा मुख्यमन्त्री विष्णुदेव साय, मन्त्रीमण्डलका सदस्य, ब्रम्हाकुमारी संस्थानका सदस्यगण र नागरिक उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande