पुलिस भिड़न्तमा ग्याङ्ग्स्टर दानिश गोली लागेर घाइते
पुलिस भिड़न्तमा ग्याङ्ग्स्टर दानिश गोली लागेर घाइते


बरेली, 01 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बरेली जिल्लामा आंवला थाना क्षेत्रमा शुक्रवार अबेर राति पुलिस र बदमाशबीच भिड़न्त भयो। यस अवधि ग्याङ्ग्स्टर दानिश उर्फ दाना निवासी मोहल्ला गिया चौक गोली लाग्दा घाइते भयो। पुलिसले उलाई पक्राउ गरी उपचारको निम्ति अस्पताल पठाएको छ।

बिलायतगंज निकट वाञ्छित अपराधी दानिश लुकेको पुलिसले सूचना पायो। उलाई समाउन जब बाइक सवार पुलिसकर्मी घटनास्थलमा पुग्यो तब उ भाग्न थाल्यो। उलाई पछ्याउँदा उले पुलिसमाथि नै गोलीबारी शुरू गऱ्यो। जवाबी कारबाहीमा पुलिसको गोली उसको खुट्टामा लाग्यो।

घाइते अपराधी दानिशलाई राति लगभग एक बजी पुलिसले सीएचसी आंवला पुऱ्यायो, जहाँ प्राथमिक उपचारपछि उलाई जिल्ला अस्पताल रेफर गरियो। सूचना पाएर नितिन कुमारले बताए, दानिशमाथि ग्याङ्गस्टर, आर्म्स एक्ट समेत लगभग 15 आपराधिक मुद्दा दर्ता छ। उदेखि पेस्तोल र कारतूस जफत भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande