
अमेठी, 01 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको अमेठी जिल्लाको रामगंज थाना क्षेत्र अन्तर्गत त्रिशुंडी गाउँमा आज बिहान बाटोमा हिल्लोमा माटो हाल्नलाई लिएर दुई पक्षबीच विवादपछि भएको कुटपिटमा घाइते युवक मुकेश यादव (40) को मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर आवश्यक कारबाही शुरू गरेको छ।
यस घटनाको सम्बन्धमा रामगंज थानाका प्रभारी निरीक्षक इन्स्पेक्टर कृष्ण मोहन सिंहेले बताए, मृतकको शवलाई कब्जामा लिएर पोस्टमार्टमको कारबाही गरिँदैछ। थानामा सुसंगत धाराहरूमा मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी