
नयाँ दिल्ली, 01 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणा दिवसको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिए। उनले भने, हरियाणा आफ्ना किसानहरूको अथक परिश्रम, जवानरूको अदम्य साहस र युवाहरूको उपलब्धीहरूले देशभरिमा प्रेरणाको श्रोत बनेको छ।
प्रधानमन्त्रीले राज्य तीव्र गतिमा विकासको पथमा अगाड़ी बढ़िरहेको बताए। उनले सबै नागरिकहरूको सुख, समृद्धि र उज्जवल भविष्यको कामना गरे।
उनले आफ्नो एक्स पोस्टमा लेखेका छन्, यो एतिहासिक धरती किसानहरूको मेहनत, सैनिकहरूको पराक्रम र युवाहरूको प्रतिभाको कारण पूरा देशको निम्ति उदाहरण बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी