सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाद्वारा वार्षिक मेलाको आयोजना गरिने
सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाद्वारा वार्षिक मेलाको आयोजना गरिने


सोनादा, 1 नोभेम्बर (हि.स.)। सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालाद्वारा गत वर्ष झैं यस वर्ष पनि पाठशालाको प्राङ्गणमा वार्षिक मेलाको आयोजना गरिने भएको छ। उक्त वार्षिक मेला आगामी 7 नोभेम्बर, 2025 शुक्रवारको दिन आयोजना गरिने बताइएको छ।

मेला आयोजनलाई लिएर सोनादाको स्कट्स मिशन प्राथमिक पाठशालामा पाठशालाका प्रधान अध्यापक मेगनमणि थापा, सह शिक्षक एमबी थापा, र अन्य शिक्षक शिक्षिकाहरु, पाठशाला सञ्चालन समितिका सभापति सुरेनकुमार राई र पाठशालाको एटेनडेन्स कमिटीका सभापति रसिक छेत्री बसेर सभा गरेका छन्। सभामा आगामी 7 नोभेम्बरमा पाठशालामा वार्षिक मेला आयोजना गर्ने निर्णय लिइयो।

यसका साथै, सभामा पाठशालाको हल प्रयोग गर्नको लागि अब 500 रुपियाँबाट बढाएर 600 रुपियाँ गरिएको र यस हल‌ प्रयोगको लागि 2-3 दिन अघि नै लिखित रुपमा पत्राचार गरेर अनुमति लिनु पर्ने निर्णय गरिएको छ। हल‌ प्रयोग गरेपछि सर सफाई पनि गर्नुपर्ने बताइएको छ।

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै प्रधान अध्यापक मेहनमणि थापाले पाठशालाको वार्षिक मेला आगामी 7 नोभेम्बरमा आयोजना गरिने बताउॅंदै सबैलाई यस वार्षिक मेलामा उपस्थित भइदिने अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande