सिक्किम हिमालयन एससी र याङथाङ युनाइटेड विजयी
सिक्किम हिमालयन एससी र याङथाङ युनाइटेड विजयी


सोरेङ, 1 नोभेम्बर (हि.स.)। सोरेङ जिल्लाको च्याखुङ खेलमैदानमा चलिरहेको 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल टुर्नामेन्टको आज तेस्रो दिन दुईवटा खेल सम्पन्न गरियो। पहिलो खेल मिक्स्ड अप बोइज, खरसाङ बनाम हिमालयन एससी, गान्तोकबीच खेलियो, जसमा सिक्किम हिमालयन एससी विजयी बन्यो। यस खेलमा विजयी दलका खेलाडी राप्गे लेप्चालाई म्यान अफ् द म्याच चयन गरियो।

यसैगरी, दोस्रो खेल याङथाङ युनाइटेड, गेजिङ र बीएसके, जलपाइगढीबीच खेलियो, जसमा याङथाङ युनाइटेड विजयी बन्यो। यस खेलमा विजयी दलका खेलाडी गिल्सन लिम्बूलाई म्यान अफ् द म्याच चयन गरियो।

आज मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत मुख्य अतिथि थिए। उनले आफ्नो सम्बोधनमा सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एलडी काजीको योगदानमाथि प्रकाश पार्दै राज्यमा लोकतन्त्रको स्थापनामा उनको ठूलो भूमिका रहेको बताए। उनले सोरेङ जिल्लामा जारी विभिन्न विकासीय परियोजनाहरू जिल्ला अस्पताल, नेताजी सुभाषचन्द्र बोस उत्कृष्टता विश्वविद्यालय र एलडी काजी मेमोरियल एड्भेन्चर एण्ड कल्चरल हेरिटेज सेन्टर आदिको बारेमा पनि जानकारी गराए। यसैगरी, उनले सरकारले शिक्षा लगायत अन्य क्षेत्रहरूमा शुरू गरेका योजनाहरूको बारेमा पनि प्रकाश पारेका थिए।

यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। समारोहमा विधायक आदित्य गोले, मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङ लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande