बिजुलीको पोलसित ठोकियो मिक्सर ट्रक, करेन्ट लागेर चालकको मृत्यु
बिजुलीको पोलसित ठोकियो मिक्सर ट्रक, करेन्ट लागेर चालकको मृत्यु


गौतमबुद्ध नगर, 01 नोभेम्बर (हि.स.)। थाना ईकोटेक तीन क्षेत्रमा एक मिक्सर गाड़ी बिजुलीको पोलसित ठोकियो। यसले गर्दा मिक्सरमा करेन्ट दौड़ेर चालकको मृत्यु भयो।

पुलिस आयुक्त लक्ष्मी सिंहका मीडिया प्रभारीले बताए, राम अवतार यादव पुत्र नवाब सिंह निवासी जिल्ला कन्नौज मिक्सर ट्रक चलाउथ्यो। शनिवार उ ट्रक लिएर गइऱहेको थियो तब मिक्सर ट्रक अनियन्त्रित भएर बिजुलीको पोलसित ठोकियो। जसले गर्दा मिक्सरमा करेन्ट दौड़ियो र चालक राम अवतारलाई बिजुलीको करेन्ट लाग्यो। यस घटनामा उसको मृत्यु भयो। उनले बताए, पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande