दाइजोको लागि विवाहिताको ज्यान लिएको आरोप
दाइजोको लागि विवाहिताको ज्यान लिएको आरोप


-पुरदिल नगर क्षेत्रको मामिला, पति सहित छःजनाविरूद्ध मुद्दा दर्ता

हाथरस, 12 नोभेम्बर (हि.स)। सिकन्दराराऊको कस्बा पुरदिल नगरमा दाइजोको माग पूरा नभएको कारणले एकजना विवाहिताको कथित रूपमा हत्या गरियो। मृतकाको भाइले पति सहित छःजनाविरूद्ध हत्या गरेको आरोप लगाउँदै रिपोर्ट दर्ता गराएको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न पठाएको छ।

एटा जिल्लाको अवागढ़ थाना अन्तर्गत गाउँ नैदय निवासी जगतपाल, पुत्र हरनाम सिंहले आफ्नो सिकायतमा बताए, उनले दुई वर्ष अगाड़ि आफ्नि बहिनी सोमवती (24)-को विवाह पुरदिलनगर निवासी जीतु, पुत्र गोपाल सिंहसित पूर्ण दाइजोको साथमा गरिदिएका थिए। विवाह भएको दुई महिना बित्दा-नबित्दै ससुराली पक्ष साथै मामा ससुराले अतिरिक्त दाइजोको माग गर्न थाल्यो। माग पूरा नभएपछि सोमवतीलाई प्रताड़ित गर्न शुरू गरियो। जगतपाल अनुसार दाइजोको लोभीहरूले नै गत सोमवार राती योजनाबद्ध ढंगमा सोमवतीको हत्या गरिदिए। यस सम्बन्धमा उनले पति जीतुसित जानकारी लिँदा उसले आफू औषधि दिलाउन अलिगढ़ गइरहेको बतायो।

सूचना पाउनसाथ माइती पक्षका मानिसहरू घटनास्थलमा पुगे। मामिलाको सूचना पुलिसलाई दिइयो। पुलिसले मृतकाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। दर्ता रिपोर्टमा पति जीतु, देवरहरू नीतेश, इन्द्रजीत, सासु पिंकी, ससुरा गोपाल सिंह र हाथरसको जोगीपुरा निवासी मामा ससुरा ख्यालीरामको नाम उल्लेख गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande