
नयाँ दिल्ली, 12 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बुधवार चाँदनी चौक उपचुनाउ (वार्ड-47)-मा पार्टी प्रत्याशी सुमन गुप्ताको निम्ति चुनाउ कार्यालयको उद्घाटन गरे। यस अवसरमा हवन कार्यक्रम पनि आयोजना गरियो जसमा स्थानीय पार्टी कार्यकर्ता अनि समर्थकहरूले भाग लिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्र सचदेवाले भने, चाँदनी चौकका जनताले भाजपामाथि जुन विश्वास देखाएका छन्, त्यो हाम्रो कर्म र सेवा भावलेअझ मजबुत हुनेछ। उनले सबैसित अपील गरे, मिलेर विकसित दिल्ली -सँगसँगै विकसित चाँदनी चौक- को संकल्पलाई पनि अगाड़ि बढाऔं।
दिल्लीको बढ़्दो प्रदूषणको उल्लेख गर्दै प्रदेश अध्यक्षले भने, भाजपाले शुरूबाटै भन्दै आइरहेको छ कि दिल्लीको प्रदूषणको कारण एउटै मात्र छैन। यसमा पञ्जाबमा पराल जलाउने लगायत अन्य धेरैवटा कारकहरू सामेल छन्। यो समस्या नयाँ होइन।
उनले भने, दिल्ली सरकार आएको मात्र 8महिना भएको छ। यो कुनै एक महिनाको समस्या होइन, वर्षैभरि रहने समस्या हो। केन्द्र र राज्य सरकारले सक्रिय रूपमा यसमाथि काम गरिरहेको छ। दिल्ली प्रदेश अध्यक्षले अझ भने, प्रदूषण नियन्त्रणको लागि ठोस कदम उठाइँदैछ जबकि विपक्षले यसलाई राजनीतिक रंगमा रंगाउने चेष्टा गरिरहेको छ।
यस अवसरमा दिल्लीबाट सांसद प्रवीण खण्डेलवाल र दिल्ली सरकारमा मन्त्री रविन्द्र इन्द्राज सिंह पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा