व्यवसायी हत्याकाण्डः लाशलाई तह लगाउँदै गर्दा आरोपी बीडीओ सरकारी वाहनमा रहेको पुलिसको दाबी
व्यवसायी हत्याकाण्डः लाशलाई तह लगाउँदै गर्दा आरोपी बीडीओ सरकारी वाहनमा रहेको पुलिसको दाबी


कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भएको स्वर्ण व्यवसायी स्वप्न कमिला हत्याकाण्डमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनको भूमिकालाई लिएर नयाँ खुलासा भएको छ। पुलिस सूत्रानुसार मृतक व्यवसायीको शवलाई तह लगाउँदै गर्दा बीडीओ स्वयं सरकारी वाहनमा उपस्थित थिए। यस वाहनमा नीलो रंगको बत्ती थियो र यसको प्रयोग शवलाई न्यू टाउनदेखि अन्यत्र जंगलमा फाल्नको लागि गरिएको थियो।

बिधाननगर पुलिस आयुक्तालयको सूत्र मुताविक बीडीओको वाहन चालक राजू ढाली र उनको ठेकादार साथी तूफान थापाले जाँचबुझमा सो खुलासा गरेका हुन्। दुवैले बताए, व्यवसायीको शवलाई तह लगाउँदै गर्दा बीडीओ आफै पनि वाहनभित्र थिए। यसपूर्व स्वप्न कमिलालाई कथित रूपमा अपहरण गरी न्यू टाउनस्थित बीडीओको फ्ल्याटमा लगिएको थियो जहाँ उसलाई निर्दयता पूर्वक कुटपिट गरियो।

पुलिस जाँचमा यो पनि खुलासा भएको छ, बीडीओले स्वयं व्यवसायीलाई कुटेका थिए। जाँच अधिकारीहरू अनुसार हत्या गर्ने उदेश्य थिएन जबकि बीडीओले आफ्नो घरबाट चोरी भएको सुनको गहनालाई फिर्ता लिने चेष्टा गरिरहेका थिए। स्वप्न कमिलाले चोरी भएका गहनाहरूलाई फर्काउने आश्वासन दिएको भए पनि प्रशान्त बर्मनले उसलाई छोड़ेन।

सूत्रको भनाइ छ, कुटपिट गर्दा-गर्दै व्यवसायीको मृत्यु भएपछि बीडीओले आफ्ना सहयोगीहरूलाई भरोसा दिलाए- “चिन्ता गर्ने कुनै कुरा छैन, सबै कुरा म सम्हाल्छु।” त्यसपछि रात परेपछि उनीहरूले सरकारी वाहनमा शवलाई राखेर बागजोला नहर नजिकै अवस्थित यात्रागाछीको जंगलमा फालिदिए। पुलिसले बीडीओको वाहनबाट रगतको नमूना एकत्र गरेको छ जसलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ।

घटना गत 29 अक्टोबरमा भएको बताइँदैछ। त्यसको तुरून्तैपछि बीडीओ प्रशान्त बर्मन एउटा क्याब मार्फत कोलकाता हवाईअड्डा पुगे अनि त्यहाँबाट विमानमा बोगडोगरा आए। जाँचमा यो पनि थाहा लागेको छ, राजू अनि तूफानको घटनापूर्वरपश्चातको मोबाइल कल रेकर्ड पुलिसको हातमा परेको छ। दुवैको फोनलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ।

पुलिसको भनाइ छ, प्रशान्त बर्मन र तूफान थापाको परिचय अलिपुर जिल्लामा त्यसबेला भएको थियो जतिबेला बर्मन कालचिनी ब्लकमा बीडीओको पदमा कार्यरत थिए। त्यसबेला तूफान त्यहाँका ठेकेदार थिए। समयसँगसँगै उनीहरूको मित्रता पनि गहिरो हुँदै गयो।

मारिएका व्यवसायी स्वप्न कमिलाकी पत्नी ममताले गए मंगलवार भनिन्, “मेरो पतिको हत्याका मुख्य आरोपी बीडीओ प्रशान्त बर्मन हुन्। उनलाई तत्कालै पक्राउ गरिनुपर्छ।” यसै मागलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले गए मंगलवार राजगञ्ज बीडीओ कार्यालयको घेराउ गरी प्रदर्शन गऱ्यो जुन लगभग दुई घण्टासम्म भयो। पछि पुलिसको हस्तक्षेपबाट स्थिति सामान्य भयो।

यद्यपि बीडीओ प्रशान्त बर्मनले मीडिया सामु आफू निर्दोष रहेको दाबी गर्दै भने, “म विरूद्ध गहिरो षड़यन्त्र रचिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande