
गुवाहाटी, 12 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रसिद्ध फिल्म निर्देशक, चित्रकार औ असमिया समाजलाई समृद्ध बनाउने महान कलाकार पुलक गोगोईको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा भने, पुलक गोगोईले असमिया सिनेमा तथा ललित कलालाई नयाँ दिशा दिए। उनको निर्देशन तथा निर्माणमा बनिएका अनेकौं जीवन्त फिल्महरूले भावी पिँढ़ीहरूलाई प्रेरित गरिरनेछन्।
डा. सरमाले भने, पुलक गोगोईका रचनात्मकता, कला एवं सांस्कृतिक योगदानलाई सदैव आदर अनि कृतज्ञताको साथमा स्मरण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा