डिटेक्टिभ डिपार्टमेन्टको कारबाहीमा 233 किलो गाँजा जफत, दशजना समातिए
डिटेक्टिभ डिपार्टमेन्टको कारबाहीमा 233 किलो गाँजा जफत, दशजना समातिए


कोलकाता, 12 नोभेम्बर (हि.स.)। बितेको दुई दिनभित्रमा कोलकाता पुलिसको डिटेक्टिभ डिपार्टमेन्टले दक्षिणेश्वर, न्यू ब्यारकपुर औ बिजपुर थानाको सहयोगमा एकपछि अर्को छापामारी अभियान संचालन गरी नशा तस्करहरूविरूद्ध व्यापक कारबाही गरेको छ। अभियान अवधि 233 किलोग्राम गाँजा जफत गरिएको छ भने दशजना मानिसहरूलाई पक्राउ गरिएको छ। सबै मामिलामा एऩडीपीएस अधिनियमन अन्तर्गत मामिला दर्ता गरिएको छ।

पहिलो मामिला न्यू ब्यारकपुर थाना क्षेत्रको हो जहाँ गत 10 नोभेम्बरको दिन पुलिसले दुईजना कथित नाबालिकहरूबाट 20.9 किलोग्राम गाँजा जफत गऱ्यो। पुलिसको भनाइ छ, यो गाँजालाई स्थानीय स्तरमा आपूर्ति गर्न लागेको थियो।

दोस्रो मामिला दक्षिणेश्वर थाना क्षेत्रको हो जहाँ गत 11 नोभेम्बरको दिन पुलिसले 48.2 किलोग्राम गाँजा जफत गऱ्यो। यस मामिलामा चारजना आरोपीहरूलाई पक्राउ गरियो जसको पहिचान जलपाईगुड़ीको धुपगुड़ी निवासी दीपेश राय (36), झारखण्डको जामताड़ा निवासी कार्तिक बाउरी (19), मध्यमग्राम निवासी सतप्रिया घोषाल (24) र अमित बाउरी (26)-को रूपमा भएको छ। पुलिसानुसार यी सबै नशा व्यापारमा संलग्न थिए र ठूलो खेपलाई आपूर्ति गर्न तयार थिए।

तेस्रो मामिला बिजपुर थाना क्षेत्रको हो जहाँ गत 12 नोभेम्बरमा छापा मारेर पुलिसले 164 किलोग्राम गाँजा, एुटा अल्टो कार र एउटा लरीलाई जफत गऱ्यो। यस मामिलामा चारजना आरोपीहरू क्रमैले अमरितो मलिक (26), इमरान किर्तनिया (23), मिलन चाकी (41) एवं सौरभ विश्वास (24)-लाई पक्राउ गरिएको छ। यिनीहरू सबै नदिया जिल्लाका बासिन्दा हुन्। पुलिस सूत्र मुताविक उनीहरू गाँजा सप्लाई गर्ने दाउमा थिए।

पुलिसले बतायो, प्रत्येक आरोपीसित जाँचबुझ गरिँदैछ ताकि सप्लाई नेटवर्क र योसित सम्बन्धित मानिसहरूसम्म पुग्न सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande