
दक्षिण दिनाजपुर, १२ नोभेम्बर (हि.स.)। दक्षिण दिनाजपुर जिल्लामा अवस्थित एउटा ब्याङ्कमा आगो लागेर कोकोहोलो मचियो। घटना बंगीय ग्रामीण विकास ब्यांकको खाँ-पुरा शाखामा भएको हो। बुधवार ब्यांकमा आगो लागेको कारणले सन्त्राष फैलियो।
बुधवार बिहान घटनाको सूचना पाउनसाथ बालुरघाटबाट दमकलका दुईवटा वाहन घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लगभग डेढ़ घण्टासम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। ब्याङ्क सूत्रानुसार केही दस्तावेज र कम्प्यूटरहरू जलेका छन्। ब्याङ्क प्रबन्धनले दाबी गरेका छन्, ब्याङ्कको वल्ट सुरक्षित छ।
ब्यांङ्क अधिकारीले क्षय-क्षतिको मूल्यांकन गरिरहेका छन्। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। दमकल सूत्र मुताविक आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। यस घटनाले ब्याङ्क ग्राहकहरूमा पनि भय फैलाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा