मणिपुरमा महिला सहित चार उग्रवादी पक्राउ
मणिपुरमा महिला सहित चार उग्रवादी पक्राउ


इम्फाल, 12 नोभेम्बर (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूमा सक्रिय उग्रवादी संगठनहरूसित आवद्ध चारजना सदस्यहरूलाई पक्राउ गरेको छ। यी आरोपीहरूमा एकजना महिला पनि सामेल छन् जो निजी स्कूलहरूबाट पैसा असुलीको मामिलामा संलिप्त थिइन्।

पुलिसले बुधवार बतायो, इम्फाल पश्चिम जिल्लाको मयांग इम्फाल थाना क्षेत्र अन्तर्गत सेकमाइजिन थोंगमस्थित आवासबाट थोंगम आनन्द सिंह उपनाम एकू (33)-लाई पक्राउ गरियो जो प्रतिबन्धित संगठन प्रीपाक (प्रो)- का स्वयम्भु सार्जेन्ट मेजर रहेको बताइएको छ। एकू काकचिंग जिल्लामा धन आर्जन जस्तो गतिविधिमा लिप्त थिए। पुलिसले उबाट एउटा मोबाइल फोन जफत गऱ्यो।

अर्को छापामारीमा पुलिसले थौकचोम विजय सिंह उपनाम भोफेन, बाइक, तायाई, खेदा (56)-लाई पक्राउ गऱ्यो जो आरपीएफ/पीएलए संगठनका स्वयम्भु लांस कर्पोरल रहेको बताइेको छ। थौबल जिल्लाको यैरिपोक ककमयाई मानिंग लैकैबाट पक्राउ गरिएको थौकचोम मूल रूपमा बिष्णुपुर जिल्लाको थिनुंगेई अवांग लैकै निवासी हुन् जो सरकारी कर्मचारीहरूबाट धन आर्जनमा सामेल थिए। पुलिसले उबाट एउटा मोबाइल फोनर दुई वटा सिम कार्ड जफत गऱ्यो।

अभियानलाई अगाड़ि बढ़ाउँदै जिरीबाम जिल्लाको डिबोंग सनाखोंग क्षेत्रबाट पुलिसले आरपीएफ/पीएलएका दुईजना सक्रिय सदस्यहरूलाई उनीहरूको घरबाटै पक्राउ गऱ्यो जसको पहिचान सन्तोष बोरों (30) र श्रीमती होदम (ओ) मोरोमी देवी (31)- को रूपमा भएको छ। दुवैमाथि निजी स्कूलहरूबाट पैसा असुलेको आरोप छ।

पुलिसले बतायो, यिनीहरूको पक्राउपछि उग्रवादी संगठनहरूको धन आर्जनका गतिविधिहरूको नेटवर्कको गहन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande