भारत-बंगलादेश सीमामा 88.34 लाखको सुनको विस्कुट जफत, तस्कर पक्राउ
भारत-बंगलादेश सीमामा 88.34 लाखको सुनको विस्कुट जफत, तस्कर पक्राउ


उत्तर 24 परगना, 12 नोभेम्बर (हि.स.)। भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)- को दक्षिण बंगाल सीमान्तको 143औं वाहिनीका जवानहरूले सुन तस्करीको प्रयासलाई असफल बनाउँदै एकजना तस्करलाई पक्राउ गरे। जवानहरूले तस्करीको कब्जाबाट 6 वटा सुनको बिस्कुट जफत गरे जसको वजन 712 ग्राम रहेको छ भने अनुमानित मूल्य 88.34 लाख रुपियाँ रहेको बताइएको छ।

जानकारी अनुसार गए 11 नोभेम्बरमा बीएसएफको गुप्तचरलाई सूचना प्राप्त भएको थियो कि उत्तर 24 परगना जिल्लाको तराली-1 सीमाचौकी क्षेत्रबाट सुनको तस्करी गर्नसक्छ। सूचनाको आधारमा 143औं वाहिनीका जवानहरूले हाकिमपुर चेक पोस्ट र वरपरका क्षेत्रहरूमा विशेष सतर्कता बढ़ाए।

एकजना व्यक्ति किसानको भेषमा हाकिमपुर बजारतिरबाट स्वरूपदाह दिशामा आउनेवाला थियो। यसको जानकारी पाएपछि जवानहरूले धानको खेत भएर पुग्ने कच्चा बाटोमा अतिरिक्त नाका लगाए। बिहान लगभग 11:24 बजे एकजना व्यक्तिलाई साइकलमा खेतदेखि मुख्य सड़कतिर आइरहेको देखियो। जवानहरूले उसलाई रोकेर जाँच गरे जसमा लुंगीको गाँठोमा खैरो रंगको टेपमा लपेटेको प्याकेट भेटियो।

प्याकेट खोलेर हेर्दा सुनको बिस्कुट थियो। तस्करलाई घटनास्थलमै पक्राउ गरी सीमाचौकी तराली-1 मा ल्याइयो। प्राथमिक जाँचबुझमा उसले स्वीकार गऱ्यो, सुन बंगलादेशदेखि भारतमा ल्याइएको थियो। तस्करसितै जफत गरिएको सुनलाई अग्रिम कारबाहीको लागि सम्बन्धित एजेन्सीमा सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande