कोलकातामा सिजनको सबैभन्दा चिसो दिन, 17 डिग्रीसम्म पुग्यो तापमान
कोलकातामा सिजनको सबैभन्दा चिसो दिन, 17 डिग्रीसम्म पुग्यो तापमान


कोलकाता, 12 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा नोभेम्बर महिनाको दोस्रो सप्ताहको शुरूआतसितै जाड़ोले गति समातेको छ। मौसम विभागको भविष्यवाणी अनुसार कोलकातामा बुधवार तापमान घटेर 17 डिग्री सेल्सियससम्म पुग्नेछ जसबाट अहिलेसम्मको सबैभन्दा चिसो दिन यो बन्नेछ। अर्कोतिर पश्चिमी जिल्लाको तापमान 14 डिग्रीसम्म दर्ता गरिएको छ।

अलिपुर मौसम विज्ञान केन्द्र अनुसार मध्य बंगालको खाड़ीमा अवस्थित चक्रवातीय परिसंचरण बिस्तारै कमजोर भइरहेको छ भने दक्षिण बंगलादेश र त्यस संलग्न क्षेत्रहरूमा अर्को चक्रवातीय क्षेत्र सक्रिय भएको छ। यस अतिरिक्त उत्तर तमिलनाडु र समीपवर्ती क्षेत्रहरूमा पनि एउटा चक्रवात विकसित भएको छ।

बितेको केही दिनभित्रमा बंगालको मौसममा परिवर्तन स्पष्ट रूपमा देखिएको छ। बिहान र राती चिसो महसूस हुन थालेको छ। राज्यका केही जिल्लाहरूको तापमान 15 डिग्री सेल्सियसभन्दा तल पुगेको छ। बिहान सड़क अनि गल्लीहरूमा कुहिरो लाग्न थालेको छ। तथापि दिन बढ़्दै गएपछि आद्रताबाट उत्पन्न सामान्य असुविधा महसूस भइरहेको छ।

बुधवार बिहान कोलकाता घना कुहिरोको च्याटरले ढाकियो। नोभेम्बरको दोस्रो सातामा तापमान यतिसम्म तल झर्नुलाई दुर्लभ मानिन्छ। पश्चिम बंगालका पश्चिमी जिल्लाहरूमा न्यूनतम तापमान 14 डिग्रीसम्म पुग्यो जसबाट मानिसहरूले चिसो हावाको तीव्र प्रभाव महसूस गरिरहेका छन्।

उत्तर बंगालका दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार र जलपाईगुड़ी जिल्लामा बिहान सामान्यदेखि मध्यम कुहिरो लाग्ने सम्भावना व्यक्त गरिएको छ। यद्यपि हाल उत्तर बंगालमा पानी पर्ने कुनै सम्भावना छैन, मौसम शुष्क रहनेछ।

मौसम विभागको अनुमानमा आगामी पाँच दिनसम्म न्यूनतम तापमान विशेष रूपमा परिवर्तन हुनेछैन। बंगालसँगसँगै छिमेकी राज्यहरूमा पनिअब जाड़ोको उपस्थिति दर्ता हुन थालेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande